नेप्सेले गर्यो प्रभु बैंकको शेयर कारोबार फुकुवा, यस्तो छ प्रभु बैंकको स्पष्टिकरण

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रभु बैंकको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले बैंकको शेयर कारोबार आज (कात्र्तिक २६, शुक्रबार) देखि नै लागू हुनेगरि कारोबार फुकुवा गरेको जनाएको छ ।
यसअघि प्रभु बैंक लिमिटेडलाई नेप्सेले स्पष्टिकरण सोधेको थियो । बैंकले आगामी दिनमा कारोबार समयमा सञ्चालक समितिको बैठक बसी लाभांश सम्बन्धि निर्णय नगरिने प्रतिवद्धता व्यक्त गरेपछि नेप्सेले कारोबार फुकुवा गरेको हो ।
यसअघि बैंकको सञ्चालक समितिको बैठक कारोबार समयमा बसी लाभांश घोषणा गरेको थियो । उक्त कुरालाई विषयलाई लिएर के भएको हो र बैंकको भनाई के छ भनि स्पष्टिकरण पेश गर्न बैंकलाई निर्देशन दिँदै बैंकको कारोबार रोक्का गरेको थियो ।
बैंकको कार्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
