कोरोनाबाट थलिएको व्यवसाय उठाउन तरलता अभाव तत्काल समाधान गर्नु पर्छ :वरिष्ठ उपाध्यक्ष ढकाल « Arthapath.com
२६ कार्तिक २०७८, शुक्रबार

कोरोनाबाट थलिएको व्यवसाय उठाउन तरलता अभाव तत्काल समाधान गर्नु पर्छ :वरिष्ठ उपाध्यक्ष ढकाल



काठमाडौँ  । कोरोना महामारीबाट थलिएको व्यवसाय उठाउनलाई बुकिङ क्षेत्रमा देखिएको तरलता अभावलाई तुरुन्त समाधान गर्नु पर्ने नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । भृकुटीमण्डपमा आजबाट सुरु भएको जुत्ता चप्पल मेला २० ७८ सुभासम्म कार्यक्रममा बोल्दै उपाध्यक्ष ढकालले कोरोना महामारीबाट उठ्न लागेको व्यवसायलाई हाल सिर्जना भएको तरलता अभाव समस्या बढ्दै जान सक्ने भन्दै उनले उक्त समस्या तत्काल समाधान गर्न नेपाल राष्ट्र बैङ्कलाई आग्रह गरेका छन् ।

उक्त समस्या नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कबाट पहल गरियोस् भनेर निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासङ्घले अनुरोध गरेको र एउटा निजी क्षेत्रको तर्फबाट भन्नुपर्दा आउने दिनमा तरलता अभाव हुने संङकेत देखिएकोले कोरोना महामारीबाट उठ्न लागेको व्यवसायलाई आर्थिक रूपमा सबल हुनुपर्ने भएकाले तरलता अभावलाई तुरुन्त समाधान गर्न म नेपाल राष्ट्र बैङ्कलाई सुझाव दिन चाहन्छु ढकालले भने ।

फुटवेयर म्यानुफयाकचरर्स एशोसिएशन नेपालले आजबाट भृकुटीमण्डपमा जुत्ता चप्पल मेला २० ७८ सुरु गरेको छ ।कार्यक्रममा बोल्दै फुटवेयर म्यानुफयाकचरर्स एशोसिएशन नेपालका अध्यक्ष कृष्णकुमार फुयाँलले कोरोना महामारीले व्यवसायहरूमा असर पुगे पनि उक्त असरलाई अवसरको रूपमा लगेर अगाडि बढ्नुपर्ने बताए । उनले कोरोनापछि विदेशी सामानको आयत घटेको आयतलाई पूर्ण रूपमा निरुसाहीत गरी नेपालमै उत्पादन बढाउन जोड दिनु पर्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्