माछापुच्छे बैंकको २३ औँ साधारण सभाले १४ प्रतिशत लाभांश पारीत गर्यो « Arthapath.com
२७ कार्तिक २०७८, शनिबार

माछापुच्छे बैंकको २३ औँ साधारण सभाले १४ प्रतिशत लाभांश पारीत गर्यो



काठमाडौं । माछापुच्छे बैंकको २३ औँं वार्षिक साधारण सभा कार्तिक २६ गते शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ । साधारण सभाले बैंकको आर्थिक बर्ष २०७७/७८ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १४ प्रतिशत लाभांश (०.७ प्रतिशत नगद र १३.३० प्रतिशत बोनस लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, संचालक समितिमा रिक्त रहेको संचालक पदमा संचालक समितिले बाँकी कार्यकालसम्मको लागि नियुक्त गरेको संचालकहरुको नियुक्ती अनुमोदन गरिएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७८ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैंया ७६ पैसा कायम गरेको थियो । बंैकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ संचित छ ।

त्यसैगरी बैंकको आर्थिक बर्ष २०७७/७८ को वार्षिकको संचालक समितिको वार्षिक प्रतिवेदन , लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त भएको आर्थिक बर्ष २०७७/७८ को नाफा नोक्सान बाडँफाडँ, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण विवरणहरु पारित भएको छ ।

बैंकले १६२ वटा शाखाहरु लगायत १५४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३१६ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्