निफ्रा बैंकको कर्जा ५३२१ प्रतिशतले बढ्यो, नाफामा उल्लेख्य सुधार, अन्य सूचक कस्ता ? « Arthapath.com
२८ कार्तिक २०७८, आईतवार

निफ्रा बैंकको कर्जा ५३२१ प्रतिशतले बढ्यो, नाफामा उल्लेख्य सुधार, अन्य सूचक कस्ता ?



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३४.३७ प्रतिशत बढेर २४ करोड २० लाख २७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १८ करोड १ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ४५.८२ प्रतिशत बढेर ४१ करोड ३५ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा बैंकले २८ करोड ३५ लाख ८५ हजार रुपैयाँ खुद ब्याज अम्दानी गरेको थियो । यस वधिमा बैंकको सञ्चालन मुनाफा ३४.२० प्रतिशत बढेर ३४ करोड ५७ लाख ४३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा बैंकको सञ्चालन मुनाफा २५ करोड ७६ लाख ४२ हजार रुपैयाँ रहेको थियो । असोज मसान्तसम्म बैंकको कुल सञ्चालन आम्दानी ४६.२८ प्रतिशत बढेर ४१ करोड ४८ लाख २३ हजार रुपैयाँ रहेको छ ।

चालु आवको यस अवधिमा बैंकको चुक्ता पूँजीमा ६६.६७ प्रतिशत बढेर २० अर्ब रुपैयाँ, जगेडा कोष ४५.६९ प्रतिशत बढेर २ अर्ब ६४ करोड ३७ लाख ८५ हजार रुपैयाँ, निक्षेप संकलन १९.२६ प्रतिशत बढेर २९ करोड ८१ लाख ६३ हजार रुपैयाँ र कर्जा ५३२१ प्रतिशत बढेर ४ अर्ब ९२ करोड ५० लाख ७९ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंकको बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँबाट १ रुपैयाँ १६ पैसा घटेर ४ रुपैयाँ ८४ पैसामा सिमित भएको छ । बैंकको मूल्य आम्दानी अनुपात ७४.३७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ २२ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्