विभिन्न कार्यक्रम आयोजना गरि कामना सेवा विकास बैंकको १५ औँं वार्षिकोत्सव सम्पन्न « Arthapath.com
२८ कार्तिक २०७८, आईतवार

विभिन्न कार्यक्रम आयोजना गरि कामना सेवा विकास बैंकको १५ औँं वार्षिकोत्सव सम्पन्न



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १५ औं वार्षिक उत्सवमा विभिन्न कार्यक्रमहरु आयोजना गरी सम्पन्न गरेको छ । वार्षिक उत्सवको अवसरमा बैंकको केन्द्रिय कार्यालय परिसरमा शुभकामना आदान प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम तथा निः शुल्क स्वास्थ्य सिबिरको समेत आयोजना गरिएको छ ।

बैंकका अध्यक्ष्य सुदिप आचार्यको अध्यक्षतमा तथा काठमाडौं महानगगरपालिका वडा नं. ३० का वडा अध्यक्ष दल बहादुर कार्कीको प्रमुख अतिथ्यतामा कार्यक्रममा संचालक सिता घिमिरेले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो । विषेश अतिथि प्रहरी नायव उपरिक्षक (डिएसपी) मिन बहादुर कुंवर क्षेत्री, बैंकका पुर्व अध्यक्ष्य मदन खनालले उक्त कार्यक्रममा शुभकामाना मन्तब्य दिनु हुँदै बैंकले निकै नै सरहानिय कार्य गर्दै आएकोमा बैंक परिवारलाई विशेष धन्यवाद दिदैँ बैंकको प्रगतीको कामना गर्नुभएको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बस्नेतले बैंकले आज सम्मको लामो यात्रामा हासिल गरेको प्रगती तथा भाबी कार्ययोजनाका बारेमा प्रकाश पार्नुका साथै बैंकको यो यात्रामा हरतरहले सहयोग गर्नेहरु सबै प्रति आभार प्रकट गर्दै आगामी दिनहरुमा समेत यस्तै सहयोग र साथ पाइ रहने अपेक्ष्य गर्नु भएको थियो ।

बैंकका अध्यक्ष सुदिप आचार्यले बैंकको आज सम्मको यात्रामा सहयोग र साथ दिनुहुने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज लि, सि. डि. एस. एन्ड क्ेिलयरिङ लि, बि. ओ. के क्यापिटल, कर्जा सुचना केन्द्र, पूर्व सञ्चालकहरु, कर्मचारी वर्ग, आमसञ्चार माध्यम, सहयोगी संघ संस्थाहरु तथा सम्पूर्ण शुभेच्छुकहरुप्रति हार्दिक आभार प्रकट गर्नु भएको छ ।

उक्त कार्यक्रममा बैंकका बैंकका संस्थापक कृष्ण आचार्य तथा बैंकका पुर्व अध्यक्ष्य मदन शर्मा खनालले संयुक्त रुपमा १५ औँ वार्षिक उत्सवको उपलक्ष्यमा केक काटी नायव प्रमुख कार्यकारी अधिकृत क्षेत्रीय तथा विभागीय प्रमुखहरुका साथै बैंकका अन्य कर्मचारीको उपस्थितीमा सभा सम्पन्न गरी बैंकको १५ औँ वार्षिक उत्सव मनाएका छन् ।

यस्का साथै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो १५ औं वार्षिक उत्सवको उपलक्ष्यमा हिमाल अस्पातलको सहकार्यमा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर पनि सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरुका साथै स्थानियहरुले रक्तदानका साथै निःशुल्क स्वास्थ्य परीक्षणमा भाग लिइ कार्यक्रमलाई सफल बनाएका छन् । यस सँगै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २१ कार्तिक देखि २७ कार्तिक सम्म साता भरी देशको विभिन्न स्थानहरुमा आफ्नो शाखाहरु मार्फत १५ भन्दा बढी सामाजिक कार्यक्रमहरु जस्तै सर्सफाइ तथा डस्तबीन वितरण कार्यक्रम, रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य सिविर, वित्तीय साक्षरता कार्यक्रम, बाल तथा वृद्धाश्रममा खाद्यन्न तथा अन्य सामाग्रीहरु वितरणका साथै समाजका उत्थानका लागि अन्य विभिन्न कार्यक्रमहरु आयोजना गरी सफलता पुर्वक आफ्नो वार्षिकोत्सवको सम्पन्न गरेको छ ।


प्रतिक्रिया दिनुहोस्