मनकामना स्मार्ट लघुवित्तको नाफा ७४ प्रतिशत बढ्यो, जगेडा ४७२ प्रतिशत बढ्दा प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७३.९७ प्रतिशत बढेर ४७ लाख ११ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा लघुवित्तले २७ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
लघुवित्तले चाल आवको यस अवधिमा खुद ब्याज आम्दानी ६२.३२ प्रतिशत बढेर बढेर १ करोड ९४ लाख १० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा लघुवित्तले १ करोड १९ लाख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
असोज मसान्तसम्म लघुवित्तको कूल सञ्चालन मुनाफा २७.०५ प्रतिशत बढेर २ करोड ४४ लाख ५६ हजार रुपैयाँ रहेको छ । लघुवित्तको सञ्चालन मुनाफा भने ५० लाख १२ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
लघुवित्तको यस अवधिमा चुक्ता पूँजी ४७.२९ प्रतिशत बढेर १२ करोड ११ लाख ५० हजार रुपैयाँ, जगेडा कोष ४७२.४४ प्रतिशत बढेर ६ करोड ६६ लाख ९५ हजार रुपैयाँ, निक्षेप संकलन २०.७३ प्रतिशत बढेर ३३ करोड ४८ लाख ७० हजार रुपैयाँ, कर्जा लगानी ३०.७१ प्रतिशत बढेर १ अर्ब १ करोड ९४ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।
गत बर्ष लघुवित्तको खराब कर्जा ५.६ प्रतिशत रहेको थियो भने यस बर्ष बढेर ९.३३ प्रतिशत पुगेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी २ रुपैयाँ ३८ पैसाले बढेर १५ रुपैयाँ ५५ पैसा, लघुवित्तको प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ५ पैसा छ ।