समता घरेलु लघुवित्तको ब्याज आम्दानी २०६ प्रतिशतले छलाङ, नाफामा सामान्य सुधार हुँदा प्रतिशेयर आम्दानी घट्यो

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २.५३ प्रतिशत बढेर १ करोड १४ लाख ७३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा लघुवित्तले १ करोड ११ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चाल आवको असोज मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी २०६ प्रतिशत बढेर ५ करोड २० लाख ४४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा लघुवित्तले १ करोड ६९ लाख ८१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
लघुवित्तको सञ्चालन मुनाफा ३.५७ प्रतिशत बढेर १ करोड ८२ लाख १२ हजार रुपैयाँ र कूल सञ्चालन मुनाफा २१९.२५ प्रतिशत बढेर ७ करोड १ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।
लघुवित्तको यस अवधिमा चुक्ता पूँजी २४.५४ प्रतिशत बढेर २८ करोड ५६ लाख २० हजार रुपैयाँ, जगेडा कोष ४९.७३ प्रतिशत बढेर १८ करोड ७४ लाख १२ हजार रुपैयाँ, निक्षेप संकलन ५१.२२ प्रतिशत बढेर ९९ करोड ४५ लाख ८२ हजार रुपैयाँ र कर्जा लगानी ६६.३३ प्रतिशतले बढेर ३ अर्ब ४ करोड ९५ लाख ७५ हजार रुपैयाँ पुगेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४५ पैसाले घटेर १६ रुपैयाँ ७ पैसामा सिमित भएको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ६२ पैसा छ । गत आर्थिक बर्षको यस अवधिमा लघुवित्तको खराब कर्जा १.८२ प्रतिश रहेकोमा यस बर्ष भने बढेर ३.५१ प्रतिशत पुगेको छ ।