रोटरी क्लबद्वारा श्री आजाद आधारभूत विद्यालयलाई सहयोग « Arthapath.com
३ मंसिर २०७८, शुक्रबार

रोटरी क्लबद्वारा श्री आजाद आधारभूत विद्यालयलाई सहयोग



काठमाडौं । “रोटरी भूकम्प राहत कार्यक्रम ERRRP” अन्तर्गत रोटरी डिस्ट्रिक्ट ३२९२ को सहयोगमा रोटरी क्लब अफ काठमाण्डौं मिड टाउनले श्री आजाद आधारभूत विद्यालयको कक्षा कोठाहरुको निर्माण सम्पन्न गरेको छ । साथै क्लबले विद्यालयलाई डेस्क, बेन्च, कम्प्युटर टेबल, कुर्सी, दराज तथा अन्य फर्निचरहरु समेत उपलब्ध गराएको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरि विद्यालय व्यवस्थापनलाई नव निर्मित कक्षा कोठासंगै डेस्क, बेन्च, कम्प्युटर टेबल, कुर्सी, दराज तथा अन्य फर्निचरहरुको हस्तान्तरण गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथि दया फाउण्डेशनका पूर्व अध्यक्ष तथा रोटरी डिस्ट्रिक्ट ३२९२ का एसिस्टेन्ट गभर्नर नीभा माथेमा प्रधान, वशिष्ट अतिथिमा दया फाउण्डेशनका अध्यक्ष राजेश प्रधान र रोटरी क्लब अफ काठमाण्डौं मिड टाउनका प्रेसिडेन्ट प्रमोद पौडेलले गरेका थिए ।

दया फाउण्डेशनका अध्यक्ष राजेश प्रधानले विद्यालयको गुणस्तरिय शिक्षाको लागि फाउन्डेसनले पुर्याई रहेको सहयोगमा होस्तेमा हंैस्ते गरी रोटरी क्लबले विद्यालयलाई प्रदान गरेको सहयोगप्रति हार्दिक धन्यवाद ब्यक्त गरे । यस परियोजनाको सफल कार्यन्वयन पश्चात करिब एक सय वालवालिका लाभान्वित हुने उनले बताए ।

आयोजनाको सुरुवात सन् २०१९ मै सुरु गरिएको भएतापनि कोभिड महामारीका कारण सिर्जित लकडाउनका कारण निर्माण कार्य सम्पन्न गर्न ढिला हुन गएको कुरा रोटरी डिस्ट्रिक्ट ३२९२ का एसिस्टेन्ट गभर्नर नीभा माथेमा प्रधानले बताए ।


प्रतिक्रिया दिनुहोस्