अमेरिकाले नेपालमा गठन गर्यो ‘अमेरिकन चेम्बर अफ कमर्स’ « Arthapath.com
३ मंसिर २०७८, शुक्रबार

अमेरिकाले नेपालमा गठन गर्यो ‘अमेरिकन चेम्बर अफ कमर्स’



काठमाडौं । अमेरिकाले विभिन्न कम्पनीका १३ व्यवसायीलाई समेटेर ‘अमेरिकन चेम्बर अफ कमर्स’ (एमछम) गठन गरेको छ । अमेरिकाले नेपालमा रहेका आफ्ना कम्पनीहरुका व्यवसायी प्रतिनिधिलाई समेटेर पहिलोपटक अमेरिकन चेम्बर अफ कमर्स गठन गरेको हो ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू र उपसहायक विदेशमन्त्री केली किडरलिङको उपस्थितीमा १३ सदस्यीय कार्यसमिति एमछम घोषणा गरिएको हो । हाल एमछमको शाखा विश्वभर फैलिएको र अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधि रहने गर्दछन् ।

एमछमको अध्यक्षमा लोटस होल्डिंग्सका अजित शाह, सदस्यहरुमा मेटलाइफका निर्मल श्रेष्ठ, कम्प्लिएन्स क्वेस्टका अतुल्य रिसाल, लिपफ्रग टेक्नोलोजीका कैलाश बायनन्द, फोर्ड डिष्ट्रिब्युटर आकाश गोल्छा, हायातका जयदिन श्रेष्ठ, फ्रस्ट एन्ड सुलिभानका मंगेशलाल श्रेष्ठ, क्याटरपिल डिष्ट्रिब्युटरका अस्कर बतास, पठाओ राइड सेयरिङका असिममान सिंह बस्न्यात, डेल डिष्ट्रिब्युटरका संजय गोल्छा, कारखानाका साकार पुडासैनी र लेगल एड्भाइजरका सीमान्त दाहाल रहेका छन् ।

  • Ajit Shah (Lotus Holdings)
  • Nirmal Shrestha (MetLife)
  • Atulya Risal (Compliance Quest)
  • Kailash Biyananda (Leapfrog Technology)
  • Akash Golchha (Ford Distributor)
  • Raj Shah (Budweiser Distributor)
  • Jayadin Shrestha (Hyatt)
  • Mangesh Lal Shrestha (Frost & Sullivan)
  • Oskar Batas (Caterpillar Distributor)
  • Asheem MS Basnyat (Pathao Ride Sharing)
  • Sanjay Golchha (Dell Distributor)
  • Sakar Pudasaini (Karkhana)
  • Semanta Dahal (Legal Advisor)


प्रतिक्रिया दिनुहोस्