बीमा सम्बन्धी जनचेतना कार्यक्रम बर्दघाटमा « Arthapath.com
३ मंसिर २०७८, शुक्रबार

बीमा सम्बन्धी जनचेतना कार्यक्रम बर्दघाटमा



काठमाडौं । बीमा समितिले बीमा सम्बन्धी जनचेतना अभिबृद्धि कार्यक्रम मंसिर १ गते नवलपरासीको बर्दघाट नगरपालिकामा गरेको छ । अन्तरकृया तथा छलफल कार्यक्रम होटल रोयल कटेजमा सम्पन्न भएको हो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख मायादेबी पौडेलले बीमा समिति बर्दघाटमा पहिलो पटक आएर बीमा सम्बन्धी जनचेतना अभिबृद्धि कार्यक्रम संचालन गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

नगर प्रमुख धिरज शर्मा बस्यालले बीमा समितिले बाली तथा पशुपंक्षी बीमा गर्न बीमा कम्पनी तोक्दा जिल्ला भित्र रहेका सम्पूर्ण किसानहरुलाई तोकिएका बीमा कम्पनीहरुले द्रुत गतिमा बीमा सेवा पुग्ने गरी कार्य गर्नका लागि प्राविधिक सहितको पर्याप्त दक्ष जनशक्ति भएको कार्यालय संचालन गनुपर्ने बताए । अन्यथा तोकिएको कम्पनी माथि पुनर्बिचार गर्न बीमा समितिलाई अनुरोध गरे ।

बिभिन्न पत्रकार तथा किसानहरुबाट बीमाका कर्मचारीहरुलाई थप दक्ष बनाउनका लागि जोड दिएका थिए । जीवन बीमा अभिकर्ता सरह निर्जीवन बीमामा समेत घर घरमा बीमा अभिकर्ता तथा बीमा कम्पनीका कर्मचारी पुग्ने बातावरण निर्माण गर्न तथा बीमा दावी भुक्तानी छिटो छरितो तथा सहज बनाएर मात्र बीमाको पहुँच बिस्तार हुने कुरामा जोड दिएका थिए । त्यसैगरी नगरपालिकाले आफ्ना कर्मचारी, खेलाडी, पत्रकार तथा जनप्रतिनिधिहरुको दश लाखको सामुहिक दुर्घटना बीमा गरी बीमालाई संस्थागत रुपमा शुरु गरी सकेको उदघोष समेत गरेको छ ।

नवलपरासीको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । त्यस्तै, कार्यक्रममा समितिका उप–निर्देशक लक्ष्मी ढकालले सभापतित्व ग्रहण गरेका उनले कार्यक्रमको समापन गरेका थिए । समितिका सहायक निर्देशक शम्भु प्रसाद मिश्रले कार्यक्रम संचालन तथा कार्यक्रमको उपादेयता गरेका थिए भने बीमा सम्बन्धी प्रस्तुतीकरण बीमा समितिका उप–निर्देशक निशा घिमिरेले गरेकी थिईन् ।

उक्त कार्यक्रममा उप–प्रमुख माया देवी पौडेल लगायत वडा अध्यक्ष तथा सदस्यहरु, स्थानिय, कृषक समुहका बिभिन्न क्षेत्रका प्रतिनिधिहरु, मौरी पालक किसान, कुखुरा, माछा, गाई, केरा खेती लगायतका अगुवा कृषकहरु, शिक्षक, पत्रकार, बीमकका शाखा प्रमुख सहित ११५ जनाको सहभागित रहेको थियो ।

कार्यक्रममा मौरी पालक किसान, बाख्रा पालक, केरा खेतीका अगुवा कृषकहरुले हालको बीमालेखमा परिमार्जन गरी थप सुविधा दिनुपर्ने कुरामा जोड दिएका थिए । बिशेषगरी बाली तथा पशुपंक्षी बीमामा आवश्यक पर्ने दक्ष कर्मचारी तथा प्राविधिक अपर्याप्त भएको गुनासाहरु कार्यक्रममा उठेका थिए ।


प्रतिक्रिया दिनुहोस्