लाभांश पारित गर्न रिलायन्स लाइफको साधारण सभा पौष ३ गते, बुक क्लोज कहिले ? « Arthapath.com
१९ मंसिर २०७८, आईतवार

लाभांश पारित गर्न रिलायन्स लाइफको साधारण सभा पौष ३ गते, बुक क्लोज कहिले ?



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई घोषणा गरेको लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीको चौथौं वार्षिक साधारण सभा पौष ११ गते अनमोल बैंक्वेट, शंखमुलमा अनलाइन माध्यमबाट बिहान ११ बजे बोलाएको हो ।

कम्पनीको सभाले हाल कायम चुक्ता पूँजीको ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले कम्पनीको नियमावलीमा प्रस्तावमा भए बमोजिम आवश्यक संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

त्यस्तै, कम्पनीले आ.व. २०७६÷७७ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कोभिड प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता वापतको रकम ७ लाख ५० हजार रुपैयाँ कम्पनी ऐन, २०६३ को दफा १०५(१)( ग) बमोजिम अनुमोदन गर्नेछ ।

कम्पनीको आ.व.२०७७÷७८ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने र संचालक समितिमा साधारण शेयरधनी समूह(ख)बाट प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकको निर्वाचन गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले मंसिर २६ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्रै कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्