हालै एसियाकै सर्वोकृष्ट बैङ्क अवार्ड पाएको एनएमबीका लगानीकर्ताले कति पाए लाभांश ? « Arthapath.com
२० मंसिर २०७८, सोमबार

हालै एसियाकै सर्वोकृष्ट बैङ्क अवार्ड पाएको एनएमबीका लगानीकर्ताले कति पाए लाभांश ?



काठमाडौँ । ५ वर्षको बिचमा ४ पटकसम्म ‘बैङ्क अफ द ईयर’ र १ वर्ष ‘एसियाकै सर्वोकृष्ट’ बैङ्कको अवार्ड एनएमबी बैङ्कले पाएको छ । सन् २००८ सालमा ग वर्गको फाइनान्स कम्पनीबाट उदाएको एनएमबी बैङ्कले १३ वर्षको बिचमा आफूभन्दा पुराना बैङ्कलाई पछि पार्दै एसियाकै सर्वोकृष्ट बैङ्कको परिचय बनाउन सफल भएको छ । पछिल्लो ५ वर्षमा ४ पटक नेपालमा बैङ्क अफ द ईयर अवार्ड हात पार्न सफल एनएमबी बैङ्कले आफूलाई बलियो बैङ्क बनाउँदै आएको छ । 

फाइनान्स कम्पनीबाट उदाएको एनबएमी बैङ्कले  पोखराको अब्बल ओम डेभलपमेन्टलाई अक्वायर गरेर आफ्नो ब्यालेन्स सिट थप मजबुत बनाएको छ । बैङ्कले हालसम्म ११८.५ प्रतिशत बोनस सेयर दिइसकेको छ । त्यस्तै बैङ्कले हालसम्म ६३.२० प्रतिशत नगद लाभांश दिइसकेको छ ।   

बैङ्कले लगानीकर्तालाई पनि आकर्षक प्रतिफल दिँदै आएको छ । बैङ्कले स्थापनाको छोटो अवधि देखिनै कम्तीमा ९ प्रतिशतदेखि अधिकतम ३५ प्रतिशतसम्म लाभांश वितरण गरेको छ । बैङ्कले ९ प्रतिशत नगद देखि सुरु गरेर ३५ प्रतिशतसम्म लाभांश वितरण गरेको छ ।

बैकले २०६७/६८ मा लगानीकर्तालाई ९ प्रतिशत नगद लाभांश मात्र वितरण थियो । भने आर्थिक वर्ष २०६९/७० मा १ प्रतिशत बढाएर १० प्रतिशत नगद लाभांश वितरण गरेको छ । बैङ्कले आव २०७०/७१ मा आइपुग्दा लाभांश बढाएर २१.०५ प्रतिशत दिन सफल भएको थियो । 

त्यसैगरि आव २०७१/७२ मा भने १३ प्रतिशत घटाएर ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो । २०७२/७३ मा भने बैङ्कले १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो । आव २०७३/७४ मा पनि बैङ्कले १५ प्रतिशत बोनस र ०.७८९ नगद गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यसैगरि बैङ्कले २०७४/७५ मा १५ प्रतिशतले बढाएर ३० प्रतिशत लाभांश वितरण गरेको हो । जसमा १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

आव २०७५/७६ मा बैङ्कले हालसम्मकै सबैभन्दा बढी ३५ प्रतिशत लाभांश वितरण गरेको थियो । बैङ्कले सेयर धनीलाई २१ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनको लागि १४ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

बैङ्कले आर्थिक वर्ष २०७६/७७ मा चुक्ता पुँजीको १६.२० प्रतिशत लाभांश वितरण गरेको हो । बैङ्कले सेयर धनीलाई अघिल्लो आर्थिक वर्षको तुलनामा केही घटाएर ३.२ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

बैङ्कले आव २०७७/७८ मा १ प्रतिशतले घटाएर १५.८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैङ्कले हाल कायम चुक्ता पुँजीको १२.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३.३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कले स्वीकृत गरेपछि सेयर धनीले पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्