राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब २५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने « Arthapath.com
२१ मंसिर २०७८, मंगलवार

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब २५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब २५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै कर्मचारी सुरक्षण कोषमा रहेको रकम मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको हो ।

राष्ट्र बैंकले विभिन्न शर्त राखेर बैंक तथा वित्तीय संस्थाहरुलाई उक्त रकम लिनको लागि प्रस्ताव गरिएको ब्याजदर तोकि आवेदन दिन आग्रह गरेको छ ।

नेपाल राष्ट्र बैंक कर्मचारी सुरक्षण कोषमा रहेको रकम लगानी गर्ने भएकाले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संथाहरुले लिन चाहेको रकम तथा लिनको लागि प्रस्ताव गरिएको ब्याजदर तोकि आवेदन दिनुपर्नेछ । बैंकले पौष १ गतेदेखि २०७९ मंसिर २९ गतेसम्म ३६५ दिनको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । उक्त रकम लिन चाहेको रकम खोली मंसिर २३ गते ४ बजेभित्र आवेदन दिन राष्ट्र बैंकले आग्रह गरेको छ ।

राष्ट्र बैंकले ‘क’ बर्गको बैंकका लागि १ अर्ब रुपैयाँ, ‘ख’ बर्गका राष्ट्रिय स्तरका विकास बैंकको लागि १८ करोड ७५ लाख रुपैयाँ र ‘ग’ बर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीका लागि ६ करोड २५ लाख रुपैयाँ गरी कूल १ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने भएको हो ।


प्रतिक्रिया दिनुहोस्