बजाजको तर्फबाट पनि ध्रुव थापाको होल टिमलाई सहयोग हुन्छ « Arthapath.com
२२ मंसिर २०७८, बुधबार

बजाजको तर्फबाट पनि ध्रुव थापाको होल टिमलाई सहयोग हुन्छ



आकाश गोल्छा, सदस्य पदका उम्मेदवार, नाडा आटोमोवाइल्स एसोसिएसन आफ नेपाल 

म गोल्छा समूहबाटै उम्मेदवार हो, शेखर काकाको सहयोग ध्रुव थापाको होल टिमलाई हुन्छ।   

 
नाडामा तपाईँको उम्मेदवारी किन ? 

म पुरानो अटो व्यवसायी हुँ । २१ वर्षदेखि अटो व्यवसायमा छु । योभन्दा पहिला पनि नाडामा विभिन्न पोस्टमा रहेर काम गरेको छु । अहिले पनि  म वर्तमान कार्यसमितिको नाडाको उपाध्यक्षमा छु । आउने वर्षमा पनि नाडामा रहन चाहन्छु । किनभने अटो क्षेत्रमा हुने समस्याहरू समाधानमा लागिरहेको छु । अटोमोबाइल्स क्षेत्रमा ग्रोथ ल्याउन नाडा राम्रो प्लेटफर्म हो । 

तपाई उपाध्यक्ष भइसकेको व्यक्ति किन अध्यक्षको उम्मेदवार बन्न तयार हुनुभएन ? 

अध्यक्ष भएर मात्रै हुँदैन । अध्यक्ष भएपछि काम गर्न समय बढी दिनुपर्छ । अहिलेको समयमा अध्यक्षलाई जति समय चाहिने हो (देशभरिका विभिन्न कार्यक्रम तथा अन्य मान्छेहरूलाई भेट्न) त्यति समय दिन मैले सक्दिन । त्यसैले अध्यक्ष पदमा उम्मेदवारी नदिएको हो । 
अब अध्यक्ष बन्नु हुन्न, तपाई ? मैले जुन बेला समय दिन सक्ने अवस्था आयो भने त्यो बेला योजना बनाउँछु । तर तत्कालको लागि अध्यक्ष बन्ने योजना छैन । 

अटोमोबाइल्स व्यवसायीहरु दुई प्यानलनै बनाएर चुनाव लड्दै छन्, यसले तपाँईहरुको एजेन्डा कमजोर बन्ने त हैन ? 

यसले गर्दा एजेन्डाहरू कमजोर हुँदैनन् । चुनाव प्रजातान्त्रिक प्रक्रिया भएकाले राम्रो पक्ष हो । चुनाव नगरेर काम गर्न सक्ने र काम गर्न नसक्ने दुवै व्यक्ति आउन सक्छन् । चुनाव हुँदा दुई वटा समूह भए पनि मुख्य काम अध्यक्षले गर्छ । दुवै अध्यक्षले आफ्ना विचारहरू राखेका छन् । जुन टिमको योजनालाई सबैले मन पराउँछन्, त्यो टिमलाई जिताउँछन् । तपाँईहरुका एजेण्डा के–के छन्, कार्यसमीतिमा गएपछि के गर्नुहुन्छ ? कसैलाई केही समस्या तथा मर्का परेको छ भने म सक्दो सहयोग गर्न तयार छु । हाम्रो डिलर्ससिप एग्रीमेन्ट रिन्यू हुन गाह्रो थियो, त्यसको लागि मैले धेरै पहल गरेको छु । वाणिज्य विभाग जानुपर्यो, धेरै पटक गयौं । बीचमा केही समस्या आउँदा अर्थ मन्त्रालयसम्म पुगेका छांै । गाडी, बाइक, लुब्रीकेन्ट, टायर वा ब्याट्री, पार्टस लगायतका कुराहरु हाम्रो एजेण्डामा समावेश गरेका छौँ । समस्या समाधान गर्न आफू तयार र काम गर्नेछु ।

अटोमोबिल्स क्षेत्रका ठुला घराना भनेर चिनिएका व्यक्तिहरू तपाईँको टिमको विपक्षमा देखिएका छन्, यस्तो अवस्थामा कसरी जित्न सकिन्छ ? 

ठुलो घराना कसरी विपक्षमा लागे ? अध्यक्ष पदमा उम्मेदवार रहेका व्यक्ति ठुलो घरानाका हुन् । हामीले सपोर्ट गरेका अध्यक्ष पदका उम्मेदवार ध्रुव थापा यो क्षेत्रमा आफै काम गरेर आउनुभएको हो । थापा पनि ठुलो घरानाको व्यक्ति हुनुहुन्छ । यता पनि हामीहरू फोर्ड, शारदा ग्रुपको निशान हामीसँग छ । निराकार श्रेष्ठको हुण्डाई, बिएमडब्ल्यू, जगदम्बाको टिभिएस लगायतको सपोर्ट हामीसँग छ । त्यसपछि मनोनीत भएर आउने साथीहरू पनि छन् । जम्मै उता गयो भन्न उचित नहोला । हामीलाई पनि ठुला र पुराना घरानाहरूको साथ छ । मात्रै अध्यक्षमा उता ठुला घरानाको र यहाँ ध्रुव थापा हुनुहुन्छ । 

नाडामा धेरै सदस्य रहेको बजाज र होण्डा अहिलेसम्म कतै खुलेको छैन, उहाँहरूको साथ तपाईँहरूमाथि हुन्छ ? 

म गोल्छा समूहबाटै हो । फोर्ड र बजाज हामीसँगै हो । बजाज र होण्डाले जीत हार हुन्छ भन्ने चर्चा भए पनि यो एक्ज्याक्ट होइन । त्यहाँ धेरै जना भोटरहरू पनि छन् । उहाँहरू अहिले कसैको पक्ष नलिने कारण छ । उहाँहरू पूर्व अध्यक्ष भएको नाताले कसैको पक्षमा लाग्नु हुँदैन । धेरै पूर्व अध्यक्षहरू पनि कतै पट्टी लागेका छैनन् । 

गोल्छा काकाको समर्थन तपाइलाई हुन्छ भन्ने विश्वास के छ, अनि पुरै समूहलाई हुन्छ की तपाईँलाई मात्रै ? 

डेफिनेट्ली छ । बजाजको भोट ध्रुव थापाको होल टिमलाई सहयोग हुन्छ । 

रकारले सवारीमा विभिन्न कर गरेर साढे २ सय प्रतिशतसम्म कर लगाएको छ, साधारण नेपालीले अन्य देशको तुलनामा गाडी चढ्न सक्ने अवस्था छैन, यसमा नाडाको भूमिका के हुन्छ ? 

हामीहरू पहिलेदेखि नै लागेका हौं । यसबारे कुराहरू भइरहेका छन् । केही समय ड्यू टी घट्ने जस्तो देखिँदैन । किनभने सरकारलाई विदेशी मुद्राको पनि खाँचो छ । हामी कम होस भन्ने चाहन्छौँ तर तत्काल घट्ला जस्तो लाग्दैन, प्रयास गरिरहेको छौँ । अहिले पब्लिकले लाइसेन्स एप्लाई गरेको वर्ष दिन हुँदा पनि लाइसेन्स पाएका छैनौँ । यसको लागि हामी कुरा गर्छौँ । किनभने जसले ट्याक्स दियो उसले लाइसेन्स पाएको छैन । मेरो लाइसेन्स एक्सपायर भएको एक वर्ष भयो, त्यो लाइसेन्स पुरानो एक्सपायरलाई एउटा कागज लिएर म घुमिरहेको छु । म विदेश गाडी चलाउने भए एक्सपायर लाइसेन्सले त चलाउन दिँदैन । लाइसेन्स पाएको छैन । बाटोघाटोको समस्या छ । यस्ता धेरै कुराहरूमा पनि मेरो अग्रसरता हुनेछ र गरिआएको पनि छु । बोर्डरको छेउमा काम गर्न साथीहरू छन्, पाट्र्स, लुब्रीकेन्ट लगायत बेच्नेहरूको व्यापार राम्रो भयो । किनभने चोरीको सामान आएन । सरकारलाई कोभिड सकिए पनि बोडर सिल गरेर राख्ने, मान्छेले आउन जान पाउँछ तर गैर कानुनी इम्पोर्ट बन्द होस भनेर हामी कुरा गर्ने छौँ । 

सय जना सदस्य भएको नाडामा एकाएक चुनावको मुखमा ३२ सय जना पुर्‍याइयो, यसको जिम्मेवार को ? 

यसको जिम्मेवार हामी सबै सदस्यहरू नै हो । चुनावमा लागेका ३६ जना नै जिम्मेवार मान्नु पर्छ । कसैले बढी गरे, कसैले कम तर चिनेको सबै मान्छेलाई आऊ सदस्य बनौँ भनेर बनाइयो । सदस्य बन्नेलाई थाहा छैन, म मेम्बर कसरी बने भन्ने । त्यो गलत भएको छ । त्यो सबैको अनुमति लिएर भविष्यमा । अहिले एउटा भोटको लागि धनगढी, नेपालगन्जबाट आउँदैन होला, कोही कोही ठुला स्टेकहोल्डर आइरहेका छन् तर सबै जना किन आउँछन् । यदि अनलाइन भोटिङ वा अलग अलग प्रदेशमा पनि भोट हाल्ने समयमा र ल्याएर काउण्ट गर्ने, दुई वटा उपाय मध्ये हामी सोच्छौँ । 

साइकलमा हावा भर्नेलाई समेत अटो व्यवसायी बनाएर संस्था कतिन्जेल चल्छ ? 

मैले त्यस्तो गरेको छैन । मैले बनाएको मेम्बरहरू जम्मै प्रपोर व्यवसायी नै छन् । एकतिर हेर्ने हो भने सबै व्यवसायी नै हुन् । साइकल व्यवसायीले पनि किन नपाउने वा मोटरसाइकलको मान्छेले किन नपाउने । तर उनीहरू आफै आउन चाहेर अलग कुरा छ । उनीहरूको फर्मको डकुमेन्ट प्रयोग गरेर भोटको लागि मात्रै मेम्बर बनाएको छ भने त्यो गलत हो । तर कसैलाई लाग्छ म यहाँ मेम्बर बनेर राम्रो हुन्छ, भाग लिन चाहन्छु भने हरेक अटो मोबाइल क्षेत्रमा पर्ने आउनुपर्छ । साइकलमा इन्जिन छैन तर ट्रान्सपोर्ट गर्ने नै हो । मोटरसाइकलको चक्का बनाउनेलाई अलग राख्ने तर मोटर साइकल बेच्नेलाई अलग राख्नु भएन । उनीहरुलाई सहयोग गर्न सकिँदैन भने मेम्बर बनाउन काम छैन । 

नेपालमै सवारी साधन एसेम्बल बारे के सोच्नु भएको छ ?

नेपालमा अलरेडि दुई वटा मोटरसाइकल कम्पनीले एसेम्बी गरिरहेको छ । जसले गरेको छैन उनीहरूले अहिले योजना भइरहेको छ । मोटरसाइकल बनाइन्छ र यसमा भ्याल्यूडीसनको कुरा आएको छ । प्यासेन्जर कारमा एसेम्बल गर्दा त्यति सजिलो छैन । त्यसको इन्भेस्टमेन्ट ठुलो छ र भोलुम ठुलो हुनुपर्छ । त्यो भोलुमलाई जस्टिफाइ गर्नको लागि दुई वा तीन कम्पनी मात्रै छन् । फोर्डले त्यो गर्न सक्दैन । त्यसको लागी दुई चार कम्पनी हालेर कमन एसेम्बल उद्योग खोल्न सकिन्छ । अहिले हामी पेट्रोल डिजेल बाट चल्ने गाडीहरू एसेम्बल गर्न सक्छौँ । त्यसमा इन्भेष्ट गरेर जम्मै इलेक्टीकल हुने हो भने त्यसको काम छैन । तत्काल इलेक्ट्रिक एसेम्बली गर्ने हो भने पार्ट पुर्जामा महँगो पर्छ । त्यो पनि सम्भव छैन । 


प्रतिक्रिया दिनुहोस्