गोर्खा इको प्यानल र पोखरा विन्ध्यवासिनी ट्रेर्डसवीच समझदारी पत्रमा हस्ताक्षर « Arthapath.com
२२ मंसिर २०७८, बुधबार

गोर्खा इको प्यानल र पोखरा विन्ध्यवासिनी ट्रेर्डसवीच समझदारी पत्रमा हस्ताक्षर



काठमाडौं । पोखरा र त्यस आसपासका क्षेत्रमा गोर्खा इको प्यानलको विक्रीवितरण पोखरास्थित पोखरा विन्ध्यवासिनी ट्रेर्डसबाट हुने भएको छ । यसका लागि गोर्खा इको प्यानल र पोखरा विन्ध्यवासिनी ट्रेर्डसवीच पोखराको हलचोकस्थित गोर्खा इको प्यानलबाट बनेको नवनिर्मित एक होटेलमा एक कार्यक्रमवीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

समझदारीपत्रमा गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवां र पोखरा विन्ध्यवासिनी ट्रेर्डसका निर्देशक धर्म विष्टले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरसँंगै अव पोखरा र त्यस आसपासका क्षेत्रमा गोर्खा इको प्यानलको विक्रीवितरण वढ्ने कम्पनिले जनाएको छ । यसअघि पनि पोखरामा गोर्खा इको प्यानल अर्के ट्रेर्डसबाट विक्रीवितरण हुने गर्दै आएकोमा पोखराका लागि गोर्खा इको प्यानल विक्रीवितरण गर्ने वितरक परिवर्तन गरी पोखरा विध्यवासिनी ट्रेर्डससँंग समझदारी गरी गोर्खा इको प्यानलको विक्रीवितरणको जिम्मेबारी दिएको कम्पनिले जनाएको छ ।

गोर्खा इको प्यानल बाहिरी तथा भित्री पार्टेशन वालको रुपमा प्रयोग हुने नयाँं निर्माण सामाग्री हो । यो हलुका हुनुका साथै भूकम्पप्रतिरोधी पनि रहने कम्पनिले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्