नेपाल एसबिआई बैंकको साधारण सभा आह्वान, पौष ६ गतेसम्म कायम शेयरधनीले लाभांश पाउने « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

नेपाल एसबिआई बैंकको साधारण सभा आह्वान, पौष ६ गतेसम्म कायम शेयरधनीले लाभांश पाउने



काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले २८ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले पौष २० गते, मंगलबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा २८ वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको हो ।

बैंकको सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई घोषणा गरेको ५.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले हाल कायम चुक्ता पूँजीको ३.५० प्रतिशतका दरले बोनस शेयर र १.८१ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

त्यस्तै, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्नेछ । सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु (मिति २०७८ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिका नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुचीहरु समेत वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पौष ७ गतेदेखि २० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकको लाभांश प्राप्त गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्