बैंकअफ काठमाण्डूको साधारण सभा आज हुदै , १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्ने

काठमाडौं । बैंक अफ काठमाण्डको साधारण सभा आज हुदै छ । बैंक संचालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने तथा अन्य प्रस्ताव पारित गर्न आज साधारण सभा बोलाएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा बैंकको २७ औँ वार्षिक साधारण सभा आज १० बजेबाट हुने छ । वार्षिक साधारण सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र करसहित ४ प्रतिशत नगद लाभांश गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर १० गतेदेखि २९ गतेसम्म बुकक्लोज गरेको थियो । तसर्थ मंसिर ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।