भक्तपुर उद्योग वाणिज्य संघले गर्यो दुई देशका राजदूतलाई स्वागत « Arthapath.com
१२ पुष २०७८, सोमबार

भक्तपुर उद्योग वाणिज्य संघले गर्यो दुई देशका राजदूतलाई स्वागत



काठमाडौं । भक्तपुर उद्योग वाणिज्य संघले एक कार्यक्रम बीच संघ सचिवालयमा थाईलाण्ड तथा श्रीलंकाका नेपालका लागि राजदूतहरुलाई स्वागत गरेको छ । भक्तपुर जिल्लाको आर्थिक विकासमा थाईलाण्ड र श्रीलंकाका उद्यमी व्यवसायीहरुको सहयोग र सहकार्य बारेमा छलफल भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका अध्यक्ष शिव प्रसाद मानन्धरले जिल्लाका उद्यमी व्यवसायीहरुको हक हितको रक्षाका साथ साथै उद्योग व्यवसायको प्रबद्र्धन गर्ने उद्देश्यले स्थापना भएको भक्तपुर उद्योग वाणिज्य संघले थाईलाण्ड र श्रीलंकाका उद्यमी व्यवसायीहरु सित सम्बन्ध विकास गरी स्थानीय पर्यटन, हस्तकला तथा कृषि क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न ठोस कदम चाल्ने कुरा बताए ।

श्रीलंकाका राजदूत हिमाली शुभाशिनी तिलकरत्नले श्रीलंकाको नेशनल चेम्बर अफ कमर्शसित भ्रातृत्व सम्बन्ध विकासका लागि पहल गर्ने र सहयोगका लागि धन्यबाद ज्ञापन गरे । थाईलाण्डका उद्योग वाणिज्य संघहरुसँग सम्बन्ध स्थापित गर्न सहयोगका लागि पनि थाईलाण्डका राजदूतलाई उनले अनुरोध गरे ।

कार्यक्रममा बोल्दै थाईलाण्डका महामहिम राजदूत वोसित वोरोसाफले दुई देशबिच रहेको प्रगाढ सम्बन्धलाई आर्थिक विकासको क्षेत्रमा आवश्यक सहयोग पुर्याउन सदुपयोग गर्न आफू सकारात्मक रहेको बताए । उनले भक्तपुर उद्योग वाणिज्य संघको न्यानो आतिथ्यताको लागि हार्दिक आभार व्यक्त गरे ।

त्यस्तै श्रीलंकाका राजदूत हिमाली शुभाशिनी तिलकरत्नले भक्तपुरको ऐतिहासिक महत्व र यहाँको प्राकृतिक सौन्दर्यले आफूलाई लोभ्याउने गरेको कुरा सुनाउँदै श्रीलंका र नेपाल दुबै पर्यटन उद्योगमा केन्द्रित मूलुक भएकोले यहाँका व्यवसायीहरुले एक आपसमा सहयोग गर्न सक्ने बताए । उनले श्रीलंकाका उद्योग वाणिज्य संघहरुसित भक्तपुर उद्योग वाणिज्य संघको सम्बन्ध विकासमा सक्दो सहयोग पु¥याउने विश्वास दिलाए ।

संघका बरिष्ठ उपाध्यक्ष रोशनी मैयाँ धौबन्जाले पनि आफ्नो विचार राखेका थिए भने कार्यक्रममा संघका सल्लाहकार, कार्य समिति सदस्य एवं बिभिन्न बस्तुगत संघका अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्