आजसम्म शेयरधनी बन्ने यी ४ कम्पनीका लगानीकर्ता मालामाल बन्ने « Arthapath.com
१४ पुष २०७८, बुधबार

आजसम्म शेयरधनी बन्ने यी ४ कम्पनीका लगानीकर्ता मालामाल बन्ने



काठमाडौं । आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले विभिन्न ४ कम्पनीको लाभांश पाउनेछन् । मञ्जुश्री फाईनान्स, समिट लघुवित्त वित्तीय संस्था, चिलिमे जलविद्युत् कम्पनी र इन्फिनीटी लघुवित्त वित्तीय संस्थाकोे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारण सभा तथा लाभांश प्रयोजनार्थ १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छन् । त्यसैले आज पौष १४ गतेसम्म नेप्सेमा कायम भएका शेयरधनीहरुले लाभांश तथा सधारण सभामा भाग लिन पाउनेछन् ।

मञ्जुश्री फाइनान्स
मञ्जुश्री फाइनान्स लिमिटेडले १४ औं वार्षिक साधारण सभा पौष २९ गते गते काठमाडौंस्थित नयाँबानेश्वर भवनमा बिहान ११ बजे बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ६ प्रतिशत नगद लाभांश गरी कूल ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा यस फाइनान्स कम्पनी र अन्य कुनै पनि उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभिने वा प्राप्ति गर्ने तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।

समीट लघुवित्त
समीट लघुवित्त वित्तीय संस्थाले पौष २४ गते साधारण सभा आँवुखैरेनी रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस आँवुखैरेनी ३ तनहुँमा बिहान १० बजे बोलाएको छ । लघुवित्तको सभाले हाल कायम चुक्ता पूँजीको २५.८५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

चिलिमे जलविद्युत् कम्पनी
चिलिमे जलविद्युत कम्पनी लिमिटेडले पौष २३ गते शुक्रबार २५ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको लाभांश तथा साधारण सभा प्रयोजनार्थ पौष १५ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १४ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले कम्पनीको लाभांश तथा साधारण सभामा सहभागीता जनाउन सक्नेछन् । कम्पनीको सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ७.५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

इन्फिनीटी लघुवित्त वित्तीय संस्था
इन्फिनीटी लघुवित्त वित्तीय संस्थाले पौष २७ गते वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सभाले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २७.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.४६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्