प्रक्रिया नपुगेपछि धिताेपत्र बाेर्ड अध्यक्षकाे विज्ञापन रद्द, फेरी १५ दिनभित्र आवेदन माग « Arthapath.com
१५ पुष २०७८, बिहीबार

प्रक्रिया नपुगेपछि धिताेपत्र बाेर्ड अध्यक्षकाे विज्ञापन रद्द, फेरी १५ दिनभित्र आवेदन माग



काठमाडाैं । सरकारले नेपाल धिताेपत्र बाेर्डकाे अध्यक्ष छान्न सकेकाे छैन । अध्यक्ष छनाेटकाे लागी सरकारले बनाएकाे छनाेट समितिनै धिताेपत्र ऐेन अनुसार नभएपछि फेरी नयाँ ससमिति बनाएर निकालेकाे विज्ञापनसमेत रद्द गरेकाे छ ।

यसअघि १२ जनाले दिएकाे आवेदन राेकेर नयाँ प्रक्रिया सुरू गरेकाे हाे । अर्थ मन्त्रालयले बिहीबार पुन: सूचना निकालेर पुष २९ गतेभित्र याेग्यता पुगेकालाई आवेदन दिन आह्वान गरिएकाे छ । सरकारले यसअघि बनाएकाे छनाेट समिति ऐेन विपरित भएकाे भन्दै प्रक्रिया रद्द गरेकाे हाे । सरकारले यसअघिनै छनाेट समिति सदस्य नारायण पाैडेलकाे याेग्यता नपुगेकाे भन्दै हटाएकाे थियाे ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र विज्ञ सदस्यको रुपमा डा. जीवनाथ धिताल रहेका छन् । धिताेपत्र बाेर्डकाे अध्यक्षकाे लागी १२ जनाले दरखास्त दिएका थिए ।

आवेदन दिनेहरूमा बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र उपकार्यकारी निर्देशक नबराज अधिकारी, बोर्डकै पूर्वकर्मचारी जीवन अमगाई, बीमा समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्सचेञ्जका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, कर्मचारी सञ्चय कोषका पूर्वप्रमुख कृष्ण आचार्य, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा पुँजीबजार विज्ञ गोपाल भट्ट, वित्तीय विज्ञ रमेश हमाल, सहरी विकास कोषका उपनिर्देशक अनिल पौडेल, अम्बिका शर्मा, केशव श्रेष्ठ र हेमन्त बस्यालले आवेदन दिएका थिए । 


प्रतिक्रिया दिनुहोस्