१३ वटा हाइड्रोपावरको लाभांश घोषणाः ङादी ग्रुपले सर्वाधिक लाभांश दिँदा नेपाल हाइड्रोले कम वितरण गर्ने « Arthapath.com
१६ पुष २०७८, शुक्रबार

१३ वटा हाइड्रोपावरको लाभांश घोषणाः ङादी ग्रुपले सर्वाधिक लाभांश दिँदा नेपाल हाइड्रोले कम वितरण गर्ने



काठमाडौं । नेपाल स्कट एकसचेञ्ज (नेप्से) सूचीकृत कम्पनीहरुमध्ये हालसम्म १३ वटा हाइड्रोपावर कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । विभिन्न १३ वटा कम्पनीहरुले गत आर्थिक बर्ष २०७७–०७८ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

हालसम्म ङादी ग्रुप पावर कम्पनी, अरुण काबेली पावर कम्पनी, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अपि पावर कम्पनी, रुरु जलविद्युत परियोजना, अरुण भ्याली हाइड्रोपावर डेभपमेन्ट कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, सानिमा माई हाइड्रोपावर कम्पनी, बुटवल पावर कम्पनी, चिलिमे जलविद्युत कम्पनी, कालिका पावर कम्पनी र नेपाल हाइड्रो डेभलपर्स कम्पनीहरुले लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गरेका कम्पनीहरु मध्ये सबै भन्दा धेरै लाभांश ङादी ग्रुप पावर कम्पनी लिमिटेडले २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ भने सबैभन्दा कम लाभांश नेपाल हाइड्रो डेभलपर्सले ७.३६८४ प्रतिशत वितरण गर्ने घोषणा गरेको छ ।

S.N.Company NameBonusCashTotal
1Nepal Hydro Developer Limited7.000.36847.3684
2Kalika Power Company Limited15.000.789515.7895
3Butwal Power Company Limited10.0010.0020.00
4Chilime Hydro power Company Limited7.57.515.00
5Sanima Mai Hydropower Limited10.000.526310.5263
6Arun Valley Hydropower Development Company Limited10.000.52610.526
7Synergy Power Development Limited 10.000.526310.5263
8Ru Ru Jalbidhyut Pariyojana Limited 10.000.526310.5263
9Rairang Hydropower Development Company Limited0.0012.612.6
10Api Power Company Limited10.50.5511.05
11Ridi Hydropower Development Company Limited0.0012.612.6
12Nyadi Hydropower Company Limited201.0521.05
13Arun Kabeli Power Limited17.000.8917.89


प्रतिक्रिया दिनुहोस्