बसन्त चौधरीको ‘तिमी बिनाको म’ कविता संग्रह लोकार्पण « Arthapath.com
२० पुष २०७८, मंगलवार

बसन्त चौधरीको ‘तिमी बिनाको म’ कविता संग्रह लोकार्पण



काठमाडौँ । तिमी बिनाको म कवितासंग्रह लोकार्पण भएको छ । बसन्त चौधरी द्धारा लिखित कविता संग्रह तिमी बिनाको म लोकार्पण भएको हो । आज एक कार्यक्रमका बिच नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति गङ्गा प्रसाद उप्रेती र तुलसी दिवसले संयुक्त रूपमा कवितासंग्रहको लोकार्पण गरेका हुन ।

त्यस्तैगरी चौधरीको अर्को हिन्दी कवितासंग्रह ‘अनेक पल और मैँ’ पनि लोकार्पण भएको छ । कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले नेपाली वाङमयको प्रवर्द्धनमा लागि परेका अभियन्ता मात्र होइनन् एक सिद्धहस्त स्रष्टा तथा प्रेम कवि रहेको बताए । देशको व्यवसायीक औद्योगिक क्षेत्रमा मात्र नभई साहित्यिक क्षेत्रमा पनि चौधरीको योगदान रहेको सुनाए  ।

आजै लोकार्पण भएको २ कवितासंगहका लेखक चौधरीले कार्यक्रममा बोल्दै हरेक क्षण मनमा घट्ने परिघटनालाई शब्दमा कोरेर कविताको आकार बनाएको बताए । ‘हरेक मानवको मन हरेक क्षण केहि न केहि सोचीरहने र त्यही मनमा घटेको परिघटनालाई शब्दमा कोरेर कविताको आकार बनाएको हो ’उनले भने । आफुले जीवनमा गुमाएका र पाएका भावनात्मक कुरा तिमी बिनाको ममा उल्लेख गरेको उनले बताएका छन् ।
बसन्त चौधरी व्यापार व्यवसायमा भन्दा साहित्यमा बढी खुसी हुने गरेको तिमि विनाको म कवितासंग्रहका प्रकाशक चौधरीको छोरी मेघा चौधरीले बताइन । उनले उक्त कविता आफना र आफू भन्दा पछिल्लो पुस्ताले पढ्नु पर्ने बत्ताएकी छन् ।

]राष्ट्रियता नदुखोस्, संवाद निबन्ध सङ्ग्रह, मेरा डायरीका पानाहरू, मेघा, मेरा कविताहरू, वसन्त, तिमीविनाको म कविता सं गह जीवन अनुभव, जीवन अनुभूति आँसु की सियाही से, अनेक पल और मैँ हिन्दी कविता सङ्ग्रह जस्ता चौधरीको कुतीहरू प्रकाशित भएको छ ।


प्रतिक्रिया दिनुहोस्