छिमेक लघुवित्तको साधारण सभाले ३० प्रतिशत लाभांश पारित गर्याे « Arthapath.com
२३ पुष २०७८, शुक्रबार

छिमेक लघुवित्तको साधारण सभाले ३० प्रतिशत लाभांश पारित गर्याे



काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको २० औंं वार्षिक साधारण सभा सम्पन्न भएको छ । लघुवित्तको वार्षिक साधारण सभा हेटौडाको होटल सामनामा संस्थाका अध्यक्ष ऋषिराज जोशीको अध्यक्षतामा सम्पन्न भएको हो ।

लघुवित्तको सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले अन्य लघुवित्तसँग मर्ज अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन, नेपाल राष्ट्र बैंकको स्वीकृती लिई डिजिटल बैंकिङ्ग सम्बन्धी कार्य गर्न प्रबन्धपत्रमा संसोधन लगायतका प्रस्ताव पारित गरेको छ ।

काठमाडौंको मध्यवानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले हाल सम्ममा ६८ जिल्लामा १९२ वटा शाखा मार्फत कुल ४ लाख ६ हजार ६ सय २८ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्