निर्जीवन बीमा कम्पनीले लाभांश वितरण गर्न नपाउने « Arthapath.com
२५ पुष २०७८, आईतवार

निर्जीवन बीमा कम्पनीले लाभांश वितरण गर्न नपाउने



काठमाडौं । निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश वितरणमा रोक लगाएको छ । नियामक निकाय बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश वितरणमा रोक लगाएको हो । त्यसैले यो बर्ष निर्जीवन बीमा कम्पनीका शेयरधनीहरुको हात रित्तो हुने भएको हो ।

कोरोना बीमाको दाबी भुक्तानी नगरेसम्म लाभांश वितरण गर्न नपाउने भएका हुन् । कोरोना बीमा पोलिशी ल्याएको २ बर्ष बढी हुँदा पनि हालसम्म बीमितले भुक्तानी पाएका छैनन् । कोरोना बीमा गरेवापतको दाबी भुक्तानी नहुँदा बीमा कम्पनी बदनाम हुँदै छन् । जसले गर्दा बीमा प्रतिको विश्वनियता घटेको बुझाई बढेको छ ।

कोरोना बीमाको दाबी भुक्तानी नगरेसम्म नगद लाभांश वितरण गर्न रोक लगाएको बीमा समितिले जनाएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार १ लाख ५९ हजार २२५ वटा दाबी वापत १४ अर्ब ९३ करोड ६६ लाख रुपैयाँ बराबरको दाबी परेको छ । १० अर्ब १५ करोड १४ लाख रुपैयाँ बराबरको दाबी अझै भुक्तानी हुन बाँकी रहेको छ । हालसम्म पुल मार्फत ३ अर्ब ५० करोड रुपैयाँ र बीमा कम्पनीहरुबाट १ अर्ब २८ करोड ७८ लाख रुपैयाँ गरी ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी भएको छ ।


प्रतिक्रिया दिनुहोस्