माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय « Arthapath.com
२६ पुष २०७८, सोमबार

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय



काठमाडौं । माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने शिक्षा मन्त्रालयले निर्णय गरेको छ । हिजो सीसीएमसीले गरेको सीफारीसलाई कार्यान्वयन गदै माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय मन्त्रालयले गरेको छ ।

पछिल्लो केहि दिन यता कोरोना संक्रमण बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेर मन्त्रालयलाई सिफारीस गरेको थियो ।

सीसीएमसीकै सिफारिस अनुसार विधालय बन्द गर्ने सुचना केहि बेरमा सार्वजनिक गर्ने मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्