नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट कार्यविधि तयार, विद्यावारिधि गरेका उम्मेदवारलाई थप २ अंक दिने « Arthapath.com
२७ पुष २०७८, मंगलवार

नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट कार्यविधि तयार, विद्यावारिधि गरेका उम्मेदवारलाई थप २ अंक दिने



काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष छनौट तथा सिफारिसका लागि कार्यविधि तयार भएको छ । धितोपत्र ऐन, २०६३ को दफा ७ को उपदफा (५) ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट तथा सिफारिस कार्यविधि २०७८ तया पारिएको हो । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा पदपूर्तिका लागि १५ दिनको म्याद दिई राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशित गर्नुपर्नेछ ।

दरखास्त दिँदा कुनै पनि राजनीतिक दलको सदस्य नभएको, नेपाल धितोपत्र बोर्डसँगको ठेक्कापट्टा वा कुनै चलअचल सम्पत्ति कारोबारमा आफै वा आफ्नो परिवारका कुनै सदस्यको संलग्नता नभएको वा बोर्डसँग स्वार्थ निजी स्वार्थ नभएको हुनुपर्ने, आफ्नो नामममा बेरुजू बाँकी नरहेको हुनुपर्ने, भष्ट्राचार, सम्पत्ति शुद्धिकरण वा कुनै नैतिक पतन देखिने फौदार अभियोगमा अदालतबाट कसुरदार ठहर नभएको हुनुपर्ने, टाट नपल्टेको वा बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको एवं दामासाहीमा नपरेको, नियतवश बैक तथा वित्तीय संस्थाको ऋण नतिरी प्रचलित कानून बमोजिम कालो सूचीमा नगरेको हुनेपर्ने, विवदेशी मुलुकको स्थायी बसोबासको अनुमति प्राप्त नगरेको र निनयामक निकायबाट कायर्कारी प्रमुख हुन अयोग्य हुने भनी तोकिएको अवस्था नभएको हुनुपर्नेछ ।

उम्मेदवारको शैक्षिक योग्यता, अनुभव र तालिम (५० अंक), व्यावसायिक कार्ययोजना (५० अंक), प्रस्तुतीकरण (३० अंक) र अन्तर्वार्ता (२० अंक) गरी कुल १५० अंक कायम गरिएको छ । शैक्षिक योग्यता, अनुभव र तालिमको कुल ५० अंकमध्ये शैक्षिक योग्यता तथा तालिमको २५ अंक र कार्यानुभवको २५ अंक कायम हुनेछ ।

स्नातकोत्तर तहमा प्रथम श्रेणीमा उतिर्ण भएकोलाई १८ अंक, द्धितीय श्रेणीका लागि १७ अंक, तृतीय श्रेणीका लागि १६ अंक र विद्यावारिधी गरेको उम्मेद्धारलाई थप २ अंक दिने कार्यविधिमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्