एनआईसी एशिया लघुवित्तको नाफा १२२ प्रतिशतले उछाल « Arthapath.com
७ माघ २०७८, शुक्रबार

एनआईसी एशिया लघुवित्तको नाफा १२२ प्रतिशतले उछाल



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक बर्ष २०७८–७९ को दोस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिमा १३ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गर्दै करिब १५८.८४% को बार्षिक विन्दुगत बृद्धि हाँसिल गरेको हो ।

बित्तीय संस्थाले दोसो त्रैमास सम्ममा कुल लघुकर्जा रकम २२ अर्ब १३ करोड ४१ लाख रुपैयाँ पुर्याउन सफल भएको छ । त्यस्तै, आर्थिक वर्ष २०७८–७९ को दोस्रो त्रैमास अवधिमा संस्थाको स्व–पुँजीमा प्रतिफल (आरओई) बार्षिक २४.२२ प्रतिशत रहेको छ भने बार्षिक ४०.७७ रुपैयाँ प्रतिशेयर आम्दानी रहेको छ । गत आवको सोही अवधिको तुलनामा लघुवित्तको प्रतिशेयर आम्दानी ८८.८४ प्रतिशत ले बढी हो ।

संस्थाले समिक्षा अवधिमा ३५ करोड ४८ लाख ६५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक बर्षको सोही अवधिको तुलनामा १२२.०८ प्रतिशतले बढी हो । यो त्रैमास सम्ममा संस्थाले बचत परिचालन तर्फ ३ अर्ब २० करोड ८० लाख रुपैयाँ पुर्याउन सफल भएको छ । संस्थाले लघुकर्जा असुलीमा निकै आक्रमक भई उत्साहजनक नतिजा हाँसिल गर्न सफल भई निष्कृय कर्जालाई ०.९७ प्रतिशतमा सिमित राख्न सफल भएको छ ।

समीक्षा अवधिमा लघुवित्तको गत आवको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी ९९.१२ प्रतिशत, अन्य सञ्चालन आम्दानी ११०.३४ प्रतिशत र सञ्चालन मुनाफा १८३.७३ प्रतिशतले बढेको छ । त्यसैगरी, लघुवित्तको चुक्ता पूँजी समीक्षा अवधिमा १७.५३ प्रतिशत, जगेडा कोष १७१.१६ प्रतिशत, बैंक तथा वित्तीय संस्थाबाट सापटी १३१.३८ प्रतिशतले बढेको छ । नाफा र चुक्ता पूँजीसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ ।

संस्थाले मुलुकभर ७४ जिल्लामा २८५ शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले कुल १ लाख ७९ हजार ७०१ बिपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्