आजदेखि एनआईबिएल समृद्धि फण्ड-१ को स्वामित्वमा रहेका साधारण शेयर र ऋणपत्र बिक्री खुला « Arthapath.com
१३ माघ २०७८, बिहीबार

आजदेखि एनआईबिएल समृद्धि फण्ड-१ को स्वामित्वमा रहेका साधारण शेयर र ऋणपत्र बिक्री खुला



काठमाडौं । एनआईबिएल एस क्याप्टिल लिमिटेडले एनआईबिएल समृद्धि फण्ड–१ को स्वामित्वमा रहेको साधारण शेयर र ऋणपत्र लिलाम बढाबढमा बिक्री गर्ने भएको छ । एनआईबिएल समृद्धि फण्ड–१ को स्वामित्वमा रहेको साधारण शेयरहरु न्यूनतम मूल्य १ सय रुपैयाँ र ऋणपत्रहरु न्यूनतम मूल्य १ हजार रुपैयाँका दरले लिलाम बढाबढबाट बिक्री गर्ने भएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालनमा रहेको पहिलो सामुहिक लगानी योजना एनआईबिएल समृद्धि फण्ड–१ गत पौष २२ गते परिपक्व भएको थियो । उक्त योजना खारेजीमा लैजाने क्रममा एनआईबिएल समृद्धि फण्ड–१ को स्वामित्वमा रहेको साधारण शेयरहरु तथा ऋणपत्रहरु बोलकबोलको माध्यमबाट बिक्री गर्ने भएको हो ।

संस्थाले जारी गरेको सूचना अनुसार उक्त साधारण शेयरहरु न्यूनतम मूल्य १ सय रुपैयाँका दरले तथा ऋणपत्रहरु न्यूनतम मूल्य १ हजार रुपैयाँका दरले बोलकबोलको माध्यमबाट आवेदन दिन सकिने छ ।

शेयर खरिदका लागि योग्य रहेका इच्छुक व्यक्ति, फर्म, कम्पनी, सघं संस्थाहरुले (आज) माघ १३ गतेदेखि माघ २० गतेसम्म आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आपूmले लिन चाहेको शेयरहरु तथा ऋणपत्रहरु दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत् आवेदन पेश गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्