कालिन्चोक दर्शनले १२ लाख कित्ता शेयर बिक्री गर्ने « Arthapath.com
१३ माघ २०७८, बिहीबार

कालिन्चोक दर्शनले १२ लाख कित्ता शेयर बिक्री गर्ने



काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री गर्ने भएको छ । कालिन्चोक दर्शन पशुपति भिजन, पिंगलास्थान, गौशाला, काठमाणडौंले १२ लाख कित्ता (आयोजना प्रभावित क्षेत्र सहित) साधारण शेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीको आईपीओ निष्कासन गर्नको लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंगलाई नियुक्त गरेको छ । आईपीओ जारी गर्ने सम्झौतामा कालिन्चोक दर्शन लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी र नबिल इन्भेष्टमेन्ट बैंकिंगका तर्फवाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

कालिन्चोक दर्शन लिमिटेड, गौशाला, काठमाण्डौंमा माघ १३ गते द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।


प्रतिक्रिया दिनुहोस्