ब्याज आम्दानी बढाएको स्वाभिमान लघुवित्तको नाफा २१.८६ प्रतिशत घट्यो « Arthapath.com
१४ माघ २०७८, शुक्रबार

ब्याज आम्दानी बढाएको स्वाभिमान लघुवित्तको नाफा २१.८६ प्रतिशत घट्यो



काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २१.८६ प्रतिशत घटेर २ करोड १९ लाख २२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २ करोड ८० लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी २५.५७ प्रतिशत बढेर ५ करोड ५३ लाख ९० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ४ करोड ४१ लाख ११ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा ३४.३६ प्रतिशत घटेर २ करोड २७ लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ४६ लाख ७४ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ५८.७६ प्रतिशत बढेर १२ करोड १७ लाख ८२ हजार रुपैयाँ, जगेडा कोष २२.२० प्तिशत घटेर ५ करोड ३४ लाख २७ हजार रुपैयाँ निक्षेप संकलन ३८.५८ प्रतिशत बढेर ५९ करोड ४४ लाख २१ हजार रुपैयाँ र कर्जा लगानी ५२.३९ प्रतिशत बढेर १ अर्ब ८९ करोड ९१ लाख २८ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिसम्ममा लघुवित्तको सापटि रकम ५४.४२ प्रतिशत बढेर १ अर्ब २५ करोड ७० लाख ७८ हजार रुपैयाँ पुगेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १२५.८७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५६.३३ गुणा रहेको छ । लघुवित्तको खराब कर्जा ०.६६ प्रतिशत र कस्ट अफ फण्ड ७.४५ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्