सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, सोमबार ४ सय रुपैयाँले घट्यो « Arthapath.com
१७ माघ २०७८, सोमबार

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, सोमबार ४ सय रुपैयाँले घट्यो



काठमाडौं । सुनको मूल्य निरन्तर ओरालो लागि रहेको छ । सोमबार छापावाल सुन तोलामा ४ सय रुपैयाँ घटेर प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंंघका अनुसार सोमबार तेजावी सुनको प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

सुनको मूल्यमा निरन्तर ओरालो लागिरहेको छ । पछिल्लो ४ दिनमा सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले गिरावट आएको छ । गत बुधबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भनेर घटेर सोमबार ९१ हजार ८ सय रुपैयाँमा झरेको हो ।

सोमबार चाँदीको मूल्यमा पनि गिराव आएको छ । सोमबार चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्