महुली लघुवित्तको नाफा ४९.२३ प्रतिशत बढ्यो « Arthapath.com
१७ माघ २०७८, सोमबार

महुली लघुवित्तको नाफा ४९.२३ प्रतिशत बढ्यो



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ४९.२३ प्रतिशत बढेर ५ करोड ५६ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिाम लघुवित्तले ३ करोड ७२ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी खुद ब्याज आम्दानी ५४.९७ प्रतिशत बढेर १४ करोड ९४ लाख १२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ९ करोड ६४ लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ९५.८१ प्रतिशत बढेर ८ करोड २७ लाख १० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ४ करोड २२ लाख ४१ हजार रुपैयाँ सञ्चालन मुानाफा आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ५१.२० प्रतिशत बढेर २८ करोड २१ लाख ६९ हजार रुपैयाँ, जगेडा कोष ४.६८ प्रतिशत बढेर २४ करोड ५१ लाख १३ हजार रुपैयाँ, निक्षेप १९.७४ प्रतिशत बढेर १ अर्ब ४४ करोड ३८ लाख ३२ हजार रुपैयाँ, कर्जा ३९.५० प्रतिशत बढेर ३ अर्ब ८४ करोड २ लाख ३० हजार रुपैयाँ र सापटि रकम ५७.४८ प्रतिशत बढेर १ अर्ब ८७ करोड ५४ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ५२ पैसा घटेर ३९ रुपैयाँ ४४ पैसामा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको प्रतिशेयर आमदानी ३९ रुपैयाँ ९६ पैसा रहेको थियो ।

लघुवित्तको मूल्य आम्दानी अनुपात ४०.८८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ८७ पैसा रहेको छ । लघुवित्तको खराब कर्जा २.५९ प्रतिशत


प्रतिक्रिया दिनुहोस्