शेयर बजार दोहोरो अंकले बढेसँगै कारोबार रकम पनि बढ्यो « Arthapath.com
१८ माघ २०७८, मंगलवार

शेयर बजार दोहोरो अंकले बढेसँगै कारोबार रकम पनि बढ्यो



काडमाडौं । साताको तेस्रो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । स्थानीय तहको निर्वाचन जेठ ४ गतेभित्रै गर्न सरकार तयार भएपछि शेयर बजारमा प्रभाव परेको हो । तर आइतबार भारि अंकले बढेको बजार सोमबार भने घटेको थियो । पुन नेप्से परिसूचक दोहोरो अंकले बढेको हो ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.२६ अंकले बढेर २८९१.३० अंकमा बन्द भएको छ । यसअघि हिजो सोमबार नेप्से १४.४८ अंकले घटेको थियो ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर ८० हजार ८२९ पटक किनबेच हुँदा ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो सोमबार ५ अर्ब १५ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो ।

बैंकिङ समूह ०.२९ प्रतिशत, विकास बैंक समूह १.६१ प्रतिशत, हाइड्रोपावर समूह ३.२२ प्रतिशत, फाइनान्स समूह १.४४ प्रतिशत, निर्जीवन बीमा समूह ०.७ प्रतिशत, अन्य समूह ०.०४ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.८९ प्रतिशत, म्युचुअल फण्ड १.४५ प्रतिशत र इन्भेष्टमेन्ट समूह ०.११ प्रतिशत शेयर मूल्य बढेको छ ।

यता होटल तथा पर्यटन समूह ०.०८ प्रतिशत, जीवन बीमा समूह ०.०८ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ समूह ०.१८ प्रतिशत, ट्रेडिङ समूह ०.१७ प्रतिशतले शेयर मूल्य घटेको छ ।

मंगलबार विन नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै बुद्धभूमि नेपाल हाइड्रोको शेयर मूल्य ९.९९ प्रतिशत र नेशनल हाइड्रोपावरको शेयर मूल्य ७.५० प्रतिशत बढेको छ । त्यस्तै,नेरुडे लघुवित्तको शेयर मूल्य ३.१७ प्रतिशत, मेरो माइक्रोफाइनान्सको शेयर मूल्य २.२८ प्रतिशत, सिभिल लघुवित्तको शेयर मूल्य २.१२ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्