महालक्ष्मी लाइफको नाफा सामान्य बढ्दा खुद दाबी भुक्तानी ७१० प्रतिशत बढ्यो « Arthapath.com
२४ माघ २०७८, सोमबार

महालक्ष्मी लाइफको नाफा सामान्य बढ्दा खुद दाबी भुक्तानी ७१० प्रतिशत बढ्यो



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १.१७ प्रतिशत बढेर ५ करोड ३० लाख ८९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ५ करोड १९ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा कम्पनीका खुद बीमा शुल्क ४३.६३ प्रतिशत बढेर ६७ करोड ९१ लाख ५१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा ४७ करोड २८ लाख ७६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ, जगेडा कोष ३७.४६ प्रतिशत बढेर २० करोड २८ लाख ३० हजार रुपैयाँ र जीवन बीमा कोष ५३ प्रतिशत बढेर १ अर्ब ७३ करोड ७४ लाख ७३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोष१ अर्ब १३ करोड ८१ लाख ८ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको महा विपत्ति कोष ५८.१८ प्रतिशत बढेर २ करोड ५९ लाख १५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको महाविपत्ति कोष १ करोड ६३ लाख ८३ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ७१०.८१ प्रतिशत बढेर ७ करोड ३७ लाख ३२ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९० लाख ९३ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

कम्पनीको अभिकर्ता कमिशन ४१ प्रतिशत बढेर १२ करोड ९९ लाख ६५ हजार रुपैयाँ र व्यवस्थापन खर्च ३.३८ प्रतिशत बढेर १० करोड २५ लाख ८५ हजार रुपैयाँ रहेको छ । कम्पनीको भुक्तानी हुन बाँकी दाबी संख्या २३ रहेको छ भने ५ लाख ९३ हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्