नेष्डो समृद्धि लघुवित्तको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

नेष्डो समृद्धि लघुवित्तको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए



काठमाडौं । निरन्तर ओरालो लागि रहेको शेयर बजार साताको दोस्रो दिन समेत ओरालो लागेको छ । साताको पहिलो दिन २९.६० अकंले नेप्से आज पनि ४१.७७ अकंले घटेको हो ।

आइतबार सूचीकृत २२८ कम्पनीको ३८ लाख ६२ हजार ४४७ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से राताम्य हुदाँ कारोबार भने १ अर्ब ५२ करोड ५९ हजार रुपैयाँमा खुम्चिएको छ ।

नेप्से घटेर कारोबार समेत खुम्चिदा आज नेष्डो समृद्धि लघुवित्तको शेयरमा सर्किट लागेको छ । त्यस्तै, दिव्यशोरी हाइड्रोपावरको ७.९८ प्रतिशत, जाल्पा सामुदायिक लघुवित्तको ६.०९ प्रतिशत, सिटिजन्स म्युचुअल फण्डको १.९३ प्रतिशत र कालिका लघुवित्तको १.३८ प्रतिशतले बढेको हो ।

त्यस्तै, आज सर्वाधिक गुमाउने कम्पनीमा निफ्रा रहेको छ । कम्पनीको शेयर आज ८.३३ प्रतिशतले घटेको हो । साथै हिमालयन उर्जा विकासका् ७.५७ प्रतिशत, इमर्जिङ नेपालको ७.१० प्रतिशत र ग्रीनलाईफ हाइड्रोपावरको ६.०४ प्रतिशतको घटेको हो ।


प्रतिक्रिया दिनुहोस्