बैशाख ३० गते आन्तरिक उडान नहुने, निजी सवारी चलाउदा प्रशासनको पास « Arthapath.com
२३ बैशाख २०७९, शुक्रबार

बैशाख ३० गते आन्तरिक उडान नहुने, निजी सवारी चलाउदा प्रशासनको पास



काठमाडौं । स्थानीय तहको निर्वाचन हुने दिन बैशाख ३० गते आन्तरिक तर्फका उडान नहुने भएको छ । बुद्ध एयरले ट्राभल एलर्ट जारी गरी यस दिन उडान नहुने जानकारी गराएको हो ।

सो दिन अन्तर्राष्ट्रिय उडान भने नियमित हुने जनाएको छ । निर्वाचनको दिन सबै सार्वजनिक यातायात नचल्ने भएका हुन । सार्वजनिक यातायाता चलाउन पाइने छैन । तर निजी सवारी साधनले जिल्ला प्रशासन कार्यालयबाट पास लिनु पर्नेछ । ।


प्रतिक्रिया दिनुहोस्