सीटीसी मल लिलामीमा, यस्तो छ कारण « Arthapath.com
२६ बैशाख २०७९, सोमबार

सीटीसी मल लिलामीमा, यस्तो छ कारण



काठमाडौं । सुनधारास्थित सीटीसी मल लिलामी हुने भएको छ । मल निर्माणका लागि लिइएको ऋण नतिरेपछि कर्मचारी सञ्चयकोषले उक्त मल लिलाम बिक्री गर्ने भएको हो ।

कर्मचारी सञ्चय कोषले सोमबार सूचना जारी गर्दै ८२ हजार ९५ वर्ग फिट क्षेत्रफलमा रहेका १३२ पसल लिलामी गर्ने जनाएको हो । सिभिल इस्टेट्स प्रालिले कोषबाट लिएको ऋण नतिरेकाले लिलामी गर्न लागेको हो ।

ठगी आरोपमा हिरासतमा रहेका घरजग्गा व्यवसायी इच्छाराज तामाङको सो मलमा ५० प्रतिशत सेयर रहेको छ । कुल ८२ हजार वर्ग फिट क्षेत्रफलमा निर्माण गरिएको उक्त मलमा १३२ ओटा सटरहरू रहेका छन् ।

सिभिल ग्रुपका अध्यक्ष समेत रहेका व्यवसायी तामाङको प्रधान सेयर रहेको उक्त मलको लिलामीका लागि कोषले गत पुसदेखि नै मूल्याङ्कन प्रक्रिया अघि बढाएको थियो ।


प्रतिक्रिया दिनुहोस्