तपाइको गोजिमा कति छ ? १० हजारमै इलेक्ट्रिक स्कुटर दिने लेभ्निङको योजना « Arthapath.com
१९ जेष्ठ २०७९, बिहीबार

तपाइको गोजिमा कति छ ? १० हजारमै इलेक्ट्रिक स्कुटर दिने लेभ्निङको योजना



काठमाडौं – पेट्रोलियम पदार्थ महंगो बन्दै गइरहेको समयमा इलेक्ट्रिक स्कुटरमा नयाँ र आकर्षक स्किमहरु आउन थालेका छन् । यसै सन्दर्भमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले ‘तपाईको गोजीमा कति छ ?’ ट्यागलाइनका साथ आकर्षक स्किम ल्याएको हो ।

यस अनुसार कम्पनीले ‘१० हजार ल्याउनुहोस्, लेभ्निङ स्कुटर लानुहोस् ’ भनेको छ । १०००० मा फाइनान्सका साथ उपलब्ध हुने यो स्किम नेपाली दुई पांग्रे सवारी बजारमा नौलो र आकर्षक स्किम हुन सक्छ । यसका लागि फाइनान्स पार्टनरको रुपमा ललितपुरको लगनखेलमा अवस्थित गतिशील बचत तथा ऋण सहकारी संस्थाले ग्राहकलाई आवश्यक फाइनान्स सुविधा उपलब्ध गराउने बताइएको छ, ग्राहकलाई १२ ,१८ र २४ महिना सम्मका लागि फाइनान्स सुविधा उपलब्ध हुनेछ । यो स्किममा सम्मिलित हुनका लागि फाइनान्सले मागेका डकुमेन्टहरु उपलब्ध गराउनु पर्नेछ । नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म छ ।

यी स्कुटरमा विश्व प्रसिद्ध जर्मनको बोस कम्पनीको मोटर र विभिन्न क्षमताका लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ । ब्याट्री सिंगल र रिप्लेसेबल ड्युअल गरी दुवै प्रकारका छन् । स्कुटरमा विभिन्न तीन राइडिङ मोड छन् भने एन्टी थेफ्ट रिमोट कन्ट्रोल लगायतका विभिन्न फिचर उपलब्ध छन् भने २ वर्षको वारेन्टी उपलब्ध छ । इलेक्ट्रिक स्कुटरको सर्भिसिङमा खर्च नहुने र पेट्रोलियम पदार्थ समेत प्रयोग नगर्नु पर्ने भएकाले वार्षिक रुपमा करिब एक लाख रुपैयाँ बचत हुने बताइएको छ । त्यसैगरी नेपालको बिजुली नेपालमै खर्च हुने भएकाले पेट्रोलियम पदार्थ खरिदका लागि विदेश पठाउनु पर्ने पैसा नेपालमै बचत हुनेछ । वातावरण प्रदूषण नहुने भएकाले समेत इलेक्ट्रिक स्कुटर प्रयोग गर्नु उपयुक्त हुन्छ ।

काठमाडौं उपत्यकाको नक्साल, भैसेपाटी, बाफल र पाटनका साथै उपत्यका वाहिर धनगढी, पाल्पा र पोखरामा यसको सोरुम रहेको छ भने २० वटा नयाँ सहरमा चाँडै नयाँ सोरुम सञ्चालनमा आउने बताइएको छ । बज्र ग्रुप ले नेपाली बजारमा ३० वर्ष भन्दा लामो समय देखि सेवा प्रदान गर्दै आएको छ । नेपाली बजारमा प्रतिष्ठित विदेशी ब्रान्डका सामग्री बिक्री–वितरण गरेर यो ग्रुपले लामो समय देखि नेपाली ग्राहकको मन जितेको छ ।


प्रतिक्रिया दिनुहोस्