निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क ३४.१५ अर्ब रुपैयाँ, ३ कम्पनी करोड क्लबमा सिमित, टप ५ मा रोचक बन्दै प्रतिस्पर्धा « Arthapath.com
१६ असार २०७९, बिहीबार

निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क ३४.१५ अर्ब रुपैयाँ, ३ कम्पनी करोड क्लबमा सिमित, टप ५ मा रोचक बन्दै प्रतिस्पर्धा



काठमाडौं । चालु आर्थिक बर्षको ११ महिनामा निर्जीवन बीमा कम्पनीले ३४ अर्ब रुपैयाँ भन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको जेठ महिनासम्मको तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरुले ३४ अर्ब १५ करोड ८८ लाख २१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । जेठ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ९६ करोड १६ लाख ९८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

चालु आर्थिक बर्षको जेठ महिनासम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले ४ अर्ब ४० करोड ६३ लाख ४७ हजार रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, दोस्रोमा सगरमाथा इन्स्योरेन्सले २ अर्ब ७९ करोड ९४ लाख १९ हजार रूपैयाँ, तेस्रोमा नेको इन्स्योरेन्सले २ अर्ब ६१ करोड २८ लाख ८५ हजार रूपैयाँ, चौंथोमा सिद्धार्थ इन्स्योरेन्सले २ अर्ब २४ करोड ५३ लाख ७८ हजार रूपैयाँ र पाँचौमा एनएलजी इन्स्योरेन्सले २ अर्ब १० करोड ४९ लाख ५१ हजार रूपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, क्रमशः प्रिमियर इन्स्योरेन्सले १ अर्ब ९२ करोड ७९ लाख ७१ हजार रूपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले १ अर्ब ८७ करोड ८४ लाख ६१ हजार रूपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ७० करोड २४ हजार रूपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब ५३ करोड ७२ लाख ७३ हजार रूपैयाँ, अजोड इन्स्योरेन्सले १ अर्ब ४४ करोड ६५ लाख ६९ हजार रूपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ४० करोड ६५ लाख ७३ हजार रूपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब ३८ करोड ४५ लाख ५२ हजार रूपैयाँ, यूनाइटेड इन्स्योरेन्सले १ अर्ब ३६ करोड ५४ लाख ७१ हजार रूपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब २७ करोड ८५ लाख २८ हजार रूपैयाँ, ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब २२ करोड २२ लाख २३ हजार रूपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब २० करोड ४८ लाख ३३ हजार रूपैया र एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ११ करोड १० लाख २५ हजार रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

त्यस्तै, विभिन्न ३ कम्पनीको भने एक अर्ब पनि बीमा शुल्क पुगेको छैन् । जसमा सानिमा जनरल इन्स्योरेन्सले ९० करोड ६८ लाख ७८ हजार रूपैयाँ, जनरल इनस्योरेन्सले ८१ करोड ७८ लाख ८७ हजार रूपैयाँ र नेशनल इन्स्योरेन्सले ८० करोड १५ लाख ७५ हजार रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्