“सुपर डान्सर नेपाल” रियालिटिशोमा पावर्डबाई प्रायोजन संगसंगै ईन्टरनेट पार्टनरमा डिशहोम फाईबरनेट « Arthapath.com
२४ श्रावण २०७९, मंगलवार

“सुपर डान्सर नेपाल” रियालिटिशोमा पावर्डबाई प्रायोजन संगसंगै ईन्टरनेट पार्टनरमा डिशहोम फाईबरनेट



काठमाडौं । आउने सातादेखी कान्तिपुर टेलिभिजनमा प्रशारण सुरु हुन तम्तयार “सुपर डान्सर नेपाल” को पावर्डबाई प्रायोजन डिशहोम फाईवरनेटले गरेकोछ ।संगसंगै ईन्टरनेट पार्टनर पनि डिशहोम फाईवरनेट नै रहेको छ । “सुपर डान्सर नेपाल” भारतीय रियालिटि शोको फ्रेन्चाईज प्रोडक्ट हो ।

“सुपर डान्सर” भारतमा समेत अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको बालबालिका र परिवार लक्षित टि.भि. रियालिटि शो हो । चार देखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शो “सुपर डान्सर नेपाल” को निर्णायकमा भुवन केसी, अभिनेत्री जसिता गुरुङ र ख्याती प्राप्त कोरियोग्राफर सुरेन्द्र राई रहनेछन् ।

नेपालभर बिभिन्न शहरहरु काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल, र नेपालगञ्ज लगायतमा फिजिकल अडिसन सम्पन्न भई सकेको र नेपाल बाहिरका नेपालीभाषी भएको ठाउँहरुको प्रतिभा समेत सहभागी गराउने उदेश्यका साथ डिजिटल अडिसन समेत गरिएको थियो । कार्यक्रमको होस्टमा अभिनेता विल्सन बिक्रम राई र नृत्याङ्गना कबिता नेपाली रहने छन् । हरेक हप्ता विहिबार र शुक्रबार प्रशारण हुने “सुपर डान्सर नेपाल” कान्तिपुर टिभी एचडीमा श्रावण २६ गते राती ९ बजेदेखी प्रसारणमा आउदैछ ।


प्रतिक्रिया दिनुहोस्