पश्चिम सेती र सेती नदि ६ जलविद्युत आयोजना बन्ने पक्का, एनएचपिसीसँग भयो सम्झौता « Arthapath.com
२ भाद्र २०७९, बिहीबार

पश्चिम सेती र सेती नदि ६ जलविद्युत आयोजना बन्ने पक्का, एनएचपिसीसँग भयो सम्झौता



काठमाडौं । लामो कसरतपछि बहुप्रतिक्षित सश्चिम सेती जलविद्युत आयोजना बन्न पक्का भएको छ । यसअघि निनिया कम्पनीले बनाउन हात हालेर छोडेको देशकै ठुलो आयोजना बनाउन भारतीय कम्पनीले इच्छा देखाएको हो । भारतीय एनएचपिसी लिमिटेडले पश्चिम सेताी र सेती नदि ६ दुई आयोजना बनाउन समझ्दारी पत्रमा बिहीबार सम्झौता भएको हो ।

होलट सोल्टीमा प्रधानमन्त्री शेरबहादुर देउवालाई साक्षी राखेर लगानी बोर्ड र एनएचपिसी लिमिटेड विच सम्झौता भएको हो । सन् २०१२ मा फेब्रोअरी २९ मा चिनियाँ कम्पनी सीटीजीआइसँग एमओयू भएको सो आयोजना नबनाई वित्तीय रुपमा सम्भावना नभएको भन्दै चिनियाँ कम्पनी बाहिरिएको थियो । ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदि ६ आयोजना भारतिय कम्पनी एनएचपिसी लिमिटेड र नेपालको लगानी बार्डविच समझदारी भएको होे ।


सम्झौता पत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट र एनएचपिसीका कार्यकारी निर्देशक अभयकुमार सिंहले हस्ताक्षर गरेका हुन् । सेती नदी–६ जलाशययुक्त यो आयोजना सुदूरपश्चिमको अछाम र डोटीमा पर्दछ । आयोजनाको विस्तृत अध्ययनको काम सकिएको छ ।

सन् १९८०/०८१ मा फ्रेन्च कम्पनी स्रोग्रेह कन्सल्टेन्टले पहिलो पटक पश्चिम सेती जलविद्युत आयोजना अध्ययन गरेको थियो । त्यसपछि अस्ट्रेलियाको स्मेक कम्पनीले पनि पश्चिम सेती जलविद्युत आयोजना निर्माणमा चासो राखेको थियो । सन् १९९७ मा नेपाल सरकार र स्मेक कम्पनीबीच परियोजना सम्झौता भएको थियो । पछिल्लो पटक सन् २०१२ मा सरकारले चिनियाँ कम्पनी सिटीजिआइलाई पश्चिम सेती निर्माणको जिम्मा दिएको हो ।

चिनियाँ कम्पनीले जिम्मा लिए पनि पश्चिम सेती जलविद्युत आयोजना अगाडि बढ्न सकेन । प्रस्तावित ७५० मेगावाट जडित क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत आयोजनाको कुल लागत एक अर्ब ३२ करोड अमेरिकी डलर अनुमान गरिएको छ । भने ४५० मेगावाट क्षमताको सेती नदि–६ को अनुमानित लागत ८ करोड अमेरिकी डलर रहेको छ ।


प्रतिक्रिया दिनुहोस्