सुदूरपश्चिमका राज्यमन्त्री कुलवीर चौधरी एमालेमा प्रवेश गर्दै, भट्टले खोसे मन्त्रीपद

काठमाडौं । सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी एमालेमा प्रवेश गर्ने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार कञ्चनपुरको महेन्द्रनगर आयोजित कार्यक्रमकाबीच उनलाई स्वागत गदैै छन् र
नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रीपदबाट बर्खास्त गरेको छ । चौधरी नेकपा एमालेमा प्रवेश गर्ने सूचना पाएपछि सरकारबाट हटाएको हो । आज एकीकृत समाजवादीका नेता तारा लामा तामाङलगायतका नेताहरुलाई पार्टी प्रवेश गराउँदैछन् ।
चौधरी एकीकृत समाजवादी पार्टीबाट २०७८ चैत २५ गते राज्यमन्त्री पदमा नियुक्त भएका थिए।