१६ करोड ९ लाख बढीको आईपीओ निष्काशन गर्न डोल्टी पावरले दियो बोर्डमा निवेदन « Arthapath.com
१५ भाद्र २०७९, बुधबार

१६ करोड ९ लाख बढीको आईपीओ निष्काशन गर्न डोल्टी पावरले दियो बोर्डमा निवेदन



काठमाडौं । डोल्टी पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८ सय रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बार्डमा निवेदन पेश गरेको छ ।

कम्पनीले १६ लाख ९ हजार ४५८ कित्ता आईपीओ निष्काशनका लागि साउन १३ गते बोर्डमा निवेदन पेश गरेको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र त्यसपश्चात सर्वसाधरणका लागि आईपीओ जारी गर्नेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटलले गर्नेछ ।

Tags :

प्रतिक्रिया दिनुहोस्