६ लाख रुपैयाँ कम मूल्यमा किन्ने होइन त डिएफएसके ग्लोरी आई–अटो गाडी ? « Arthapath.com
१५ भाद्र २०७९, बुधबार

६ लाख रुपैयाँ कम मूल्यमा किन्ने होइन त डिएफएसके ग्लोरी आई–अटो गाडी ?



काठमाडौं । डिएफएसके ग्लोरी आई–अटो गाडी खरिदमा ६ लाख रुपैयाँ छुट पाईने अफर ल्याएको छ । डिएफएसके गाडीको नेपालका लागि आधिकारीक वितरक कुजु नेपाल प्रालिले यस्तो सुविधासहितको अफर ल्याएको हो ।

७ सिटर यस एसयूभी डिएफएसके ग्लोरी आई–अटो गाडी अब ८७ लाख रुपैयाँमा किन्न सकिने कम्पनीले जनाएको छ । यसका साथै एक वर्षको रोड ट्याक्स समेत निशुल्क पाउनेछन् । यस गाडीको मूल्य ९३ लाख रुपैयाँ तोकिएको थियो ।

कम्पनीका अनुसार यो अफर सिमित समयका लागि रहेकाले मौकाको फाइदा उठाउनका लागि अनुरोध समेत गरेको छ ।
यो गाडीमा १.५ लिटर टर्बो चाज्र्ड पेट्रोल इन्जिन जडित हो । यो एसयूभीको अधिकतम पावर १५० पीएस र टर्क २२० एनएम रहेको कम्पनीले जनाएको छ ।

यसमा ६ स्पिड सिभिटी ट्रान्समिसन रहेको छ भने आईटक नामको एस भ्वाइस कमाण्डको विशेषता रहेको र यसको सहायताले हाई ग्लोरी कमाण्ड दिएर गाडीलाई १ सय भन्दा बढी कार्य गराउन सकिन्छ ।

यो एसयूभीको एक्सटेरियरमा १८ इन्चको अलोय ह्वील, अगाडि र पछाडि दुबैतर्फ एलइडी लाइट, दुईवटा एग्जस्ट पाईप, पानारोमिक सनरुफ जस्ता फिचर्स रहेको छ ।

यो गाडीमा सुरक्षाका लागि अगाडि ४ वटा एयरव्याग, चारै चक्कामा डिस्क ब्रेकको प्रयोग गरिएको कम्पनीले जनाएको छ । यस एसयूभीमा इएसपी ब्रेकिङ सिस्टम रहेको छ ।

जसमा एबिएस, इबीडी तथा इबीए (इमेर्जेन्सी ब्रेक असिस्ट) जस्ता फिचरहरुको सहायताले गाडीलाई सुरक्षित बनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्