४ लाखसम्मको शोधवृत्ति रकम प्रदान गर्न नेपाल पुनर्बीमाले माग्यो आवेदन

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुको लागि शोधवृत्ति प्रदान गर्न आवेदन माग गरेको छ ।
कम्पनीको शोधवृत्ति संचालन कार्यविधि २०७८ तथा आ.व. २०७९/८० को लागि स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत नेपालमा जोखिम व्यवस्थान, बीमा, पुनर्बीमाका सिद्धान्त र अभ्यासको प्राज्ञिक प्रवद्र्धन गर्न र बीमा सम्वन्धमा प्रमाणमा आधारित नीति निर्माणमा उपयोगि हुने ज्ञानको विस्तारका लागि नेपालका विश्वविद्यालयका स्नातकोत्तर, एम.फिल र विद्यावारिधि तहमा अध्ययानतर विद्याथी/शोधार्थीहरुबाट शोधवृत्तिका लागि आवेदन माग गरेको हो ।
कम्पनीले उनीहरुको शैक्षिक कार्यक्रम अन्तर्गतको शोधप्रवन्धको लागि सामाग्री हुने गरि आधारभुत प्राज्ञिक अनुसन्धान गराउन शोधवृत्ति रकम प्रदान गर्ने भएको हो ।
कम्पनीले लिएका उद्देश्यहरु मध्ये पुनर्बीमा तथा बीमा क्षेत्रका विभिन्न विषय तथा जोखिम समूहहरुको पहिचान, विश्लेषण, मापन, अध्ययन, अनुसन्धान र प्रकाशन गर्ने विषयलाई पुरा गर्न उक्त कार्यक्रम ल्याएको हो ।
कम्पनीका अनुसार स्नातकोत्तरका लागि शोधवृत्ति रकम १ लाख रुपैयाँ, एम.फिलका लागि २ लाख र विद्यावारिधिका लागि ४ लाख रुपैयाँ रकम रहेको छ ।
इच्छुक विद्यार्थी/शोधार्थीहरुले कम्पनीको कार्यालयमा वा मा इमेलमार्फत कात्तिक ३० गतेभित्र आवेदन दिन सक्नेछन् । नेपाल पुनर्बीमा कम्पनीको शोधवृत्ति संचालन कार्यविधि, २७८ कम्पनीको वेवसाइट मा उपलब्ध रहेको छ ।
