कोका–कोला जेरो सुगर ग्लास बोतलमा « Arthapath.com
१६ भाद्र २०७९, बिहीबार

कोका–कोला जेरो सुगर ग्लास बोतलमा



काठमाडौँ । कोका–कोला नेपालले कोका–कोला जेरो सुगर आरजिबि(रिटर्नेबल ग्लास बोतल)बोतलमाबजारमाल्याएको छ । जेरो सुगर र क्यालोरी बिनाओरिजिनल कोका–कोलाको स्वादको रिफ्रेश्मेन्ट चाहने उपभोक्ताहरुलाई लक्षित गरेर यो नयाँँप्याकबजारमाल्याइएको हो।

फेरी प्रयोग गर्न मिल्ने भएकोले यीआरजिबिबोतलहरु बातावरण–मैत्री त छन नै, यसको ग्लास प्याकेजिङले कोका–कोलालाईलामो समयसम्म रेफ्रेश बनाई रक्छ । कोका–कोला जेरो सुगर आरजिबीबोतल काठमाडौँकाविभिन्न किरानापसल र खाजा घरहरुमा ४० रुपैँयामा २५० मि.लि.को ग्लास बोतलमा उपलब्ध छ ।

कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले,“हामीहाम्राउपभोक्ताहरुको लागि हरेक परिस्थितीहरुमाउपयोग गर्न मिल्ने किसिमको विविधताप्रदान गर्न तत्पर छौँ, चाहे त्यो स्वादमाहोस् अथवाप्याकेजिङमा। यसै सन्दर्भमा कोका–कोला जेरो सुगर आरजिबिप्याकमापनियहाँँहरु माझल्याउनपाउँदाअत्यन्तै उत्साहित छौँ। जिरो क्यालोरीमा कोकाकोलाकै ओरिजिनल रिफ्रेशमेन्ट चाहने उपभोक्ताहरुको लागि यो अत्यन्तै उपयुक्त रोजाइहो ।”

कोका–कोलाले यसै वर्ष नेपालमानयाँँ र अझ मिठो स्वादमाओरिजिनल कोका–कोलाको जस्तै रिफ्रेशमेन्ट प्रदान गर्ने कोका–कोला जेरो सुगर लन्च गरेको थियो । स्थानीयउपभोक्ताहरुसँग आफ्नो सम्बन्धअझै नजिकबनाउने आफ्नो प्रतिबद्धता अनुसार कोका–कोलाले निरन्तर रुपमाउनीहरुको जीवन–शैली र आवश्यकता अनुरुपको विभिन्न स्वाद र प्याकेजिङमाआफ्नाउत्पादन हरु बजारमाल्याउँदै आइरहेको छ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्धनिर्देशक प्रदिप पाण्डेलेले, “कोका–कोला जेरो सुगरको आरजिबिप्याक नेपालीबजारमा जेरो क्यालोरी रिफ्रेश्मेन्टको किफायतीविकल्पहो। क्यालोरी बिना रिफ्रेश्मेन्ट लिनचाहने उपभोक्ताहरुको लागिअत्यन्तै उपयुक्त यो प्याकपुनप्रयोग गर्न मिल्ने भएकोले वातावरण मैत्री र सुरक्षित रहेको छ ।”

कोका–कोला जेरो सुगरको नयाँँआरजिबिप्याक २५० मिलिमाउपलब्ध छ । साथै यसको पेट प्याक २५० मिलि र ५०० मिलिमाउपलब्ध रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्