अब सहकारीहरुले घरजग्गा रोक्का तथा फुकुवा गर्न कोपोसिसमा विवरण भर्नुपर्ने « Arthapath.com
१७ भाद्र २०७९, शुक्रबार

अब सहकारीहरुले घरजग्गा रोक्का तथा फुकुवा गर्न कोपोसिसमा विवरण भर्नुपर्ने



काठमाडौं । अब सहकारी संस्थाहरुले घरजग्गा रोक्का तथा फुकुवा गर्न एकीकृत व्यवस्थापन सूचना प्रणाली (कोपोसिस) मा विवरण भर्नुपर्ने भएको छ ।

सहकारीहरुले ऋणीको घरजग्गा रोक्का तथा फुकुवा गर्न एकीकृत व्यवस्थापना सूचना प्रणाली (कोपोसिस) मा आवद्ध हुनुपर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

का अनुसार सहकारी अब ऋणीको घरजग्गा रोक्का राख्न वा फुकुवा गर्न जाँदा सहकारी ऐन २०७४ को दफा ७९, ८३ र ८४ बमोजिम सहकारी संस्थाले सदस्यको धितो बन्धक राख्ने वा त्यस्तो धितो बन्धक रोक्का तथा फुकुवा गर्न मालपोत कार्यालय जाँदा कोपोपिस प्रणालीमा संस्थाको विवरण प्रविष्ट गरेको प्रमाण लिएर जानुपर्ने भएको हो ।


प्रतिक्रिया दिनुहोस्