नेपाल–भारत उद्योग वाणिज्य संघ र अर्थ सचिव बीच भेटर्वाता « Arthapath.com
१९ भाद्र २०७९, आईतवार

नेपाल–भारत उद्योग वाणिज्य संघ र अर्थ सचिव बीच भेटर्वाता



काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधि मण्डल र नेपाल सरकार अर्थ मन्त्रालयका नवनियुक्त सचिव कृष्णहरि पुस्करसँग भेटर्वाता भएको छ । नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सृजना राणाको नेतृत्वमा उपाध्यक्षद्वय सुनिल केसी, हरकिरत सिंह बेदी, महासचिव रमेश शर्मा, कोषाध्यक्ष कुणाल केयाल, महानिर्देशक केशब मान सिंह तथा उपनिर्देशक मार्शल राठौर सहितको एक प्रतिनिधि मण्डलले सचिव कृष्णहरिसँग भेट गरेका हुन् ।

उक्त भेटमा संघका अध्यक्ष सृजना राणाले नव नियुक्त अर्थ सचिव पुष्करलाई बधाई ज्ञापन गर्दे सफल कार्यकालको लागि शुभकामना व्यक्त गरिन् । राणाले भारत नेपालको अन्तर्राष्ट्रिय व्यापारको दुई तिहाई हिस्सा ओगटेको ठूलो व्यावसायिक साझेदार भएको, त्यस्तै पारबहन सम्बन्धी मामिलामा निर्भरता १० प्रतिशत, नेपालको अन्तर्राष्ट्रिय व्यापारमा पारबहन निर्भरता ९० प्रतिशत, त्यस्तै नेपालमा आएको विदेशी लगानीमध्ये ४० प्रतिशतका साथै २० प्रतिशत पर्यटक भारतबाटै आउने गरेको कारण पनि भारत नेपालको आर्थिक विकासका सहयात्री रहेको बताइन्।

उक्त भेट तथा छलफलमा नेपाल सरकार, अर्थ मन्त्रालयका नव नियुक्त सचिव पुष्करले संघले गरेका विगतका कार्यहरूबारे आफू जानकार रहेको बताउँदै उक्त कार्यहरूको प्रशंसा गरे। त्यस्तै, नवनियुक्त अर्थ सचिवले अहिले भारत सरकारले नेपाल प्रति आफ्नो धारणामा परिवर्तन गरेको र नेपालको विकासमा सकारात्मक रूपमा नै हेर्ने गरेको बताए। भारतबाट हामीले धेरै सिक्न सकिने र भारतसँगको सम्बन्धबाट लिन सकिने लाभहरूमा हाम्रो ध्यान जानुपर्ने बताउँदै आगामी दिनहरूमा मन्त्रालयको तर्फबाट प्रत्यक्ष तथा परोक्ष हरेक प्रकारका सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्