यात्रुलाई सस्तो टिकट उपलब्ध गराउन यती एयरलाइन्सको छ नयाँ अफर, यस्ता छन् सुविधाहरु ! « Arthapath.com
१९ भाद्र २०७९, आईतवार

यात्रुलाई सस्तो टिकट उपलब्ध गराउन यती एयरलाइन्सको छ नयाँ अफर, यस्ता छन् सुविधाहरु !



काठमाडौं । यती एयरलाइन्स टिकट खरिदमा विशेष छुटसहितको नयाँ अफर ल्याएको छ । एयरलाइनान्सले टिकट खरिदमा आकर्षक क्यासब्याक आफर ल्याएको हो ।

डिस्काउन्ट पनि, क्यासब्याक को अफरमा एयररलाइनान्सको टिकट मोबाइल एप वा वेबसाइट मार्फत खरिद गर्दा ३ सयदेखि १ हजार रुपैयाँसम्म क्यासब्याक पाईनेछ ।

मोबाइल एप वा वेबसाइटबाट टिकट काटी भाद्र १८ देखि ३० गते भित्र भद्रपुर, बिराटनगर, काठमाडौं, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्ज मध्ये जुनसुकै गन्तव्यमा यात्रा गर्नुहुने यात्रुहरुलाई टिकट सस्तो पर्नेछ ।

यती एयरलाइन्सले डिजिटल वालेटहरुसँगको सहकार्यमा उक्त अफर ल्याएको हो । उक्त अफर हालसम्मकै धेरै धनराशिको क्यासब्याक भएको एयरलाइन्सले जनाएको छ ।

अफरअन्तर्गत फ्लाइट बुकिङमा १ हजारसम्मको छुट र क्यासब्याक तत्कालै तर अलग अलग कारोबारबाट वालेटमा जम्मा हुनेछ ।

यस्तो कारोबारमा केही रकम बिलमा स्वतः घट्नेछ भने केही रकम बुकिङकर्ताको वालेटमा क्यासब्याक स्वरुप प्राप्त हुने बताइएको छ ।

तत्काल डिस्काउण्ट र क्यासब्याक प्राप्त गर्न यात्रुहरूले यसरी टिकट खरिद गर्नुपर्नेछः

  • यती एअरलाइन्सको एप  (http://hp3t7.app.link/kdFfFiKmGib) डाउनलोड गरी रजिष्ट्रर गर्नुहोस् वा https://www.yetiairlines.com/ मा जानुहोस् ।
  • आफ्नो गन्तव्य, मिति, यात्रुको संख्या र उमेर समूह छनौट गरी फ्लाइट Search गर्नुहोस् ।
  • आफूलाई उपयुक्त हुने समयको फ्लाइट छनोट गरेर Next मा ट्याप गर्नुहोस् ।
  • आफ्नो सम्पूर्ण विवरण भर्नुहोस् र शर्त तथा नियमहरु Agree गरी  Continue मा ट्याप गर्नुहोस् र आफ्नो विवरण पुनः जाँच गरी यदि ठीक छ भने Proceed मा थिच्नुहोस् ।
  • रकम भुक्तानीका लागी  ई–सेवा,  खल्ती, आइएमई पे मध्ये जुनसुकै गेट–वे छनौट गरी भुक्तानी गर्नुहोस् ।
  • टिकट बुक हुनासाथ प्रयोगकर्ताले तुरुन्तै डिस्काउन्टका साथमा   क्यासब्याक पनि पाउनुहोस् र सुखद यात्रा गर्नुहोस् ।

Tags :

प्रतिक्रिया दिनुहोस्