सांग्रिला डेभलपमेन्ट बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकले संस्थापक सेयरधनी समेराज शाक्यले आफ्नो नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको बिक्री मूल्य भने उल्लेख गरिएको छैन ।
उक्त सेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् ।
संस्थापक सेयरधनीहरुले बैंकको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
तोकिएको उक्त अवधिमा संस्थापक सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिलाई बिक्री प्रक्रिया अघि बढाईने बताइएको छ ।